कुवेतमा मानव तस्करी आरोपमा ७ नेपाली महिला पक्राउ
२८ माघ २०७७, बुधबार १०:२०
काठमाडौं । कुवेत प्रहरीले मानव बेच्बिखन आरोपमा ७ जनो नेपाली महिलालाई पक्राउ गरेको छ । घरेलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोप उनीहरुमाथि छ ।
कुवेतबाट प्रकाशित अरब टाइम्सका अनुसार उनीहरूमाथि मानव बेचबिखनसम्बन्धी कानुन आकर्षित हुनेछ । पछिल्लो समय भारतीय बाटोबाट समेत नेपाली महिलालाई कुवेत लैजान कठिन भएपछि दलालहरूले घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरेका छन् ।
कोरोना संक्रमण फैलिएपछि घरेलु कामदार भित्र्याउन कुवेतले रोकेको थियो । गत बिहीबारदेखि मात्रै कुवेतले नेपालसहित ५ देशका नागरिकलाई घरेलु कामदारमा आउन खुला गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया