प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे
२७ माघ २०७७, मंगलवार १७:२५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । मंगलबार निर्वाचन आयोगमा छलफल गरे लगत्तै प्रधानन्त्री ओली शीतलनिवास पुगेका थिए ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे जानकारी गराउन प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन्। मन्त्रिपरिषदले सोमबार वैशाख १७ गते ४० र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यही जानकारी दिन शितल निवास पुगेको उनीनिकट स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया