प्रचण्ड-नेपालको भ्रष्टाचार फाइल खुल्ने भएपछि आन्दोलनमा उत्रिएको खुलासा, क-कस्को मिलेमतो? – Nagarikabhiyan : National News

प्रचण्ड-नेपालको भ्रष्टाचार फाइल खुल्ने भएपछि आन्दोलनमा उत्रिएको खुलासा, क-कस्को मिलेमतो?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्रको प्रचण्ड-नेपाल समूह आन्दोलनमा छ ।

खासगरी संवैधानिक आयोगमा भाग खोजेर प्रचण्डले बारम्बार सभामुख अग्नी सापकोटामार्फत असहयोग गरेपछि प्रधानमन्त्री ओलीले तीन जनाबाट कोरम पुग्नेगरी अध्यादेश ल्याएर ३२ वटा आयोगमा ४५ जना नियुक्त गरे । नियुक्तिमा भाग नपाएको भन्दै प्रचण्डले माधव नेपालसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउन खोजेपछि पुस ५ गते संसद विघटन गरिदिए । ओलीले ९:४५ मा विघटन सिफारिस गरे । राष्ट्रपतिले २:४५ मा स्वीकृत गरिन् । प्रचण्ड-नेपाल समूहले ३:३० मा अविश्वासको प्रस्ताव ल्यायो । विघटपछि प्रचण्ड(नेपाल समूह आन्दोलनमा उत्रियो ।

यता प्रधानमन्त्री ओलीले विघटन किन गरे भनेर जनतालाई बुझाउँदै गए । साथसाथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायमा नियुक्त गरिएकालाई ४५ दिन पुगेपछि प्रक्रिया पुर्यााएर  ४ दिनअघि प्रधानन्यायाधीशबाट सपथ समेत गराइसकेका छन् । नियुक्त पदाधिकारीले सपथ समेत लिइसकेका छन् । पदाधिकारीमा नेपाली कांग्रेसको पनि समर्थन छ । सभापति देउवाको समेत प्रतिनिधित्व हुने गरी नियुक्ति गरिएको थियो ।

यस्तोमा प्रचण्ड नेपाल समूहलाई प्रधानमन्त्री ओलीले आफ्नो भ्रष्टाचारको फाइल खोल्ने चिन्ताले पिरोलेको पाइएको छ । त्यसो त प्रचण्डले अख्तियारमा एक जना पूर्वमाओवादीबाट हुनुपर्ने माग गरेका थिए । ओलीले पार्टीको मान्छे नराख्ने भनेर अडान लिएपछि प्रचण्डले संवैधानिक परिषदको बैठकमा सभामुख अनुपस्थित गराएर असहयोग गरेका थिए । असहयोग भएपछि अध्यादेशको प्रक्रियामा ओली अगाडि बढेका हुन् ।

क कस्को फाइल खुल्दैछ?

प्रधानमन्त्री कार्यालयका अनुसार अख्तियारले फाइल खोल्ने भएपछि प्रचण्ड-नेपाल समूह स्वयम् आन्दोलनमा उत्रिएका छन् भने नागरिक समाजको नाममा आफू निकट कथित बुद्धिजिवीलाई खटाएको छ । युग पाठक, खगेन्द्र संग्रौला जस्ता माओवादी पृष्ठभूमिका नागरिक समाजधारीहरु अहिले संवैधानिक नियुक्तिको चर्को विरोधमा उत्रिएका छन् । यसमा माधव नेपालको पक्षबाट रघुजी पन्त पनि नागरिक समाजका नाममा सडकमा उत्रिएका छन् । त्यसैगरी खगेन्द्र संग्रौला त अस्ती आमहड्तालमा पनि देखिएका थिए । त्यसो त संवैधानिक नियुक्तिको विरोधमा प्रचण्ड-माधव समूहले कतिसम्म गर्योा भने जनतालाई दुस्ख दिनेगरी आमहड्ता गर्योध । अख्तियार होस् वा सम्पत्ति सुद्धिकरण विभागले भ्रष्टाचार र अकुत सम्पत्तिको फाइल खोल्ने भएपछि प्रचण्ड-नेपाल समूहले त्यसलाई रोक्न अहिले सम्पूर्ण शक्ति लगाएको छ । फाइल खुल्न नदिन संवैधानिक नियुक्त खारेज हुनुपर्छ । तर प्रधानमन्त्री ओली अघि बढेका छन् ।

केही दिनअघिमात्रै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले एक कार्यक्रममा अख्तियारका फाइल खुल्ने तयारी भइरहेको जानकारी दिएका थिए । उनले फाइलमा परेको धुलो टक्टक्याउने अवस्थामा आफूहरु रहेको भनेर फाइल खुल्ने तयारीबारे बताएका थिए । उनले पदाधिकारी नियुक्त नहुँदै यो कुरा भनेका थिए । अब नियुक्त भइसकेपछि यो काम बढ्ने निश्चित छ ।

त्यसो त प्रचण्ड नेपाल समूहका नागरिक समाजधारी युग पाठक जो पृथ्वीनारायण शाहको तथ्यलाई तोरमरोड गरेर पुस्तक छाप्ने व्यक्ति हुन उनले संवैधानिक नियुक्तिको विरोधमा बृहत् नागरिक आन्दोलन भनेर हल्ला गरेपछि प्रधानमन्त्रीका सञ्चार विज्ञले कडा जवाफ दिएका छन् ।

सञ्चार विज्ञ रामशरण बजगाईंले जवाफमा भनेका छन्, ‘संवैधानिक अंगहरूमा संवैधानिक परिषदले नियुक्त गर्छ भन्ने थाहा छैनरु अब कसैको अर्बौं भ्रष्टाचारको मुद्दा छ, त्यसलाई जोगाउन सकिन्न भन्ने भय नै प्रतिगमन भयो तपाईंहरुलाई । बरु कथित आन्दोलनको एक सुत्रीय माग फलानाको मुद्दाको फाइल नखोलियोस्, पहिलेजस्तै अल्मल्याइयोस् भन्ने राख्नुस् ।’

बजगाईंको जवाफबाट पनि प्रचण्ड-नेपाल समूहको फाइल खुल्ने निश्चित छ । त्यसका कारण यो समूहले संवैधानिक नियुक्ति खारेजीका लागि सभामुख अग्नि सापकोटालाई अघि सारेको छ ।

नियुक्तिविरुद्ध सापकोटा सर्वोच्च अदालत पुगेका छन् । सापकोटा हिम्मत कत्रो भने उनले प्रधानन्यायाधीशलाई विपक्षी बनाएका छन् । प्रचण्डको आदेशमा यसो गर्दा सापकोटाले बिर्सिए कि उनीमाथिको ज्यान मुद्दा अदालतमै विचाराधिन छ । फैसला गरिएको छैन । यसअर्थमा भ्रष्टाचारको फाइल खुलेर प्रचण्ड(नेपाल मात्र होइन लहलहैमा लाग्दा सभामुखको पदसमेत जाने खतरा छ ।

प्रचण्ड नेपालको भ्रष्टाचारको कहानी त सबैलाई थाहै छ । प्रचण्डको लडाकु व्यवस्थापन क्यानटोनमेन्टमा भएको अनियमितता र माधव नेपालको बालुवाटार जग्गा काण्ड सबैलाई थाह भएकै कुरा हो ।

बालुवाटार जग्गा काण्डमा कांग्रेसका विजय गच्छदार नीतिगत निर्णय गर्दा मुद्दा लाग्ने र नीतिगत निर्णय गर्ने माधव नेपाललाई किन नलाग्ने भनी प्रश्न उठिरहेको छ । यस्तोमा अख्तियारले फाइल खोले के होलारु प्रचण्ड-नेपालले अनुमान लगाइसकेका छन् । त्यसैभएर प्रतिगमन प्रतिगमन भनेर कार्यकर्तालाई सडकमा उतारेर आफू जोगिने दाउमा छन् ।