प्रधानमन्त्रीका वकिलले इजलासमै प्रधानन्यायाधीशलाई आच्छु आच्छु पारे (सवाल जवाफसहित) – Nagarikabhiyan : National News

प्रधानमन्त्रीका वकिलले इजलासमै प्रधानन्यायाधीशलाई आच्छु आच्छु पारे (सवाल जवाफसहित)

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । शुक्रवार सरकारी वकिलले प्रधानन्यायाधीशसँग तर्कशाली सवाल जवाल गरे । विघटनका सवालमा संसदीय शासन प्रणालीलाई देखाएर प्रतिरक्षामा रहे पनि एउटा प्रसंगमा भने सरकारी वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि हाबी भए ।

शुक्रवार सुरुमा बहस गरेका सह न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानन्यायाधीशसँग दल फुट्ने अवस्थाबारे तर्कले परास्त गरे । प्रधानन्यायाधीशले नेकपा ५ वर्षसम्म फुट्न पाउँदैन भनेर ठोकुवाका साथ भन्दा रेग्मीले राजनीतिक दल सम्बन्धी ऐन पल्टाएर दफा पढाए । दफामा प्रधानन्यायाधीशले जिकिर गरेभन्दा फरक भेटियो ।
सवाल जवाफ

प्रन्या : देव गुरुङको निवेदनमा हामीले अविश्वासको प्रस्ताव राखिसक्यौँ भन्ने छ। आफ्नै पार्टीले गर्योो होइनरु
जवाफ : किन एक्सरसाइज भएनरु दलले कारवाही गरेन भन्दा प्रतिनिधिसभा छैन। अविश्वासको प्रस्तावको भ्यालु छैन। प्रतिनिधिसभा फेरि नबनेसम्म त्यो प्रस्ताव अगाडि बढ्न सक्दैन।

प्रन्या : यसरी अविश्वासको प्रस्ताव भयो भने ७६ को सरकार बन्यो है। ७६ बमोजिम प्रधानमन्त्री नियुक्त हुने भन्यो। अब ७६ को १,२,३,५ हो कि फेरि ! हो कि? फेरि त्यसमा स्पस्ट छैन।
जवाफ : त्यस्तो अवस्थामा बहुमतको कुनै पार्टी फुट्नुपर्छ। अन्यथा त्यो दलका सांसदले अर्को दललाई समर्थन गर्छु वा त्यही दलको एउटा ग्रुपलाई समर्थन गर्छु भनेर त्यो पार्टी दुइटा हुन्छ तरु नेकपा दुइटा हुन्छ त?

प्रन्या : त्यसको लागि अहिले हामीलाई समस्या हुन्छ। किनभने नेकपा २०७५ मा माओवादी र एमाले मिलेर बनेको हो। दल दर्ता भएको छ। यो दल पाँच वर्षसम्म फुट्दा पनि फुट्दैन। अनि के भयोरु
जवाफ : नफुट्ने भन्ने होइन नि।

प्रन्या : छैन। अहिले ५ वर्षसम्म फुट्न पाउँदैन भन्या छ। कसरी हुन्छ?
जवाफ : त्यस्तो होइन। राजनीतिक दल सम्बन्धी ऐन अनुसार फुट्न सक्छ श्रीमान्।

प्रन्या : पाइँदैन पाइँदैन। ऐनमै पाइँदैन ५ वर्षसम्म।
जवाफ :  हैन अलि फरक कन्डिसनमा हो। (राजनीतिक दलसम्बन्धी ऐन २०७३ पल्टाउँदै…)  दफा ३३ मा….

प्रन्या : हेर्नुस् त।
जवाफ : ३३ मा के भनियो भने दल एकीकरण वा गाभिएको दलको सम्बन्धमा दफा २ ले एकीकरणको परिकल्पना गर्यो।

प्रन्या : लास्टमा पढ्नुस्। दफा ३ मा आउनुस्।
जवाफ : दफा २ बमोजिम गठन भएको होइन। कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले कुनै नयाँ दल बनाएमा, श्रीमान्। अहिलेको नेकपाले फुटेर फेरि दोस्रो चोटी फुटेर दुइटा दल बनायो भने अनि ३ लागू हुने हो त्यहाँ। अहिले नेकपा फुटेर बनेको होइन नि। यो अलरेडी मर्ज भइसकेको पार्टी हो। अहिले फुटेर फेरि अर्को पटक फुट्न सक्दैन भनेको हो श्रीमान्।

प्रन्या : अहिले यो फुट्न सक्छ।
जवाफ : सक्छ श्रीमान्। फुट्छ कि फुट्दैन भन्ने उहाँहरुले जान्ने कुरा हो। तर विघटन भइसकेपछि फुटेर दुइटा पार्टी भयो भने ३३(२) बमोजिम जान्छ। त्यो फेरि ५ वर्षसम्म फुट्न सक्दैन। एक पटक फुटेर ५ वर्ष फुट्न पाउँदैन।