छुटाछुटै घटनामा दुई जनाको मृत्य – Nagarikabhiyan : National News

छुटाछुटै घटनामा दुई जनाको मृत्य

राजविराज। सप्तरीमा आज छुटाछुटै घटनामा परि दुई जनाको ज्यान गएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियामा आज आगोमा जलेर एक जना बृद्धाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा सप्तरीको हर्दिया निवासी नन्कु पासवानकी ७५ बर्षिया पत्नी कमलीदेवी पासवान रहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

आफनै घरमा जाडोबाट बचनको लागि घुर बालेर ताप्दै गरेको अवस्थामा उनको साडीमा आगो लागेर दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो ।

जलेर गम्भीर घाईते भएकी वृद्धाको उपचारको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भर्ना गरिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना चौकमा कारको ठक्करबाट आजै मोटरसाइकलमा सवार एक ब्यक्तिको मृत्यु भएको छ ।

पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा २ ज ४०४७ नम्बरको कारले उतरबाट दक्षिण तर्फ बाटो काट्दै गरेको स १० प २७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सो दुर्घटनमा परि मोटरसाइकल चालक सप्तरीको कृष्णसावरन गाउँपालिका वडा नं. १ बस्नेर ६५ बर्षीया बहुरी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट बाँया हात र शरिरको बिभिन्न भागमा चोटपटक लागेका उनलाई उपचारको लागी धरानस्थित बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा भर्ना गरेपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता कार र चालक प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।