अमेरिका र भारतपछी अब इरानद्वरा पाकिस्तानमा सर्जिकल स्ट्राइक – Nagarikabhiyan : National News

अमेरिका र भारतपछी अब इरानद्वरा पाकिस्तानमा सर्जिकल स्ट्राइक

इरानले पाकिस्तान भित्र छिरेर आतंककारीहरूको नियन्त्रणबाट आफ्नो सेनाका दुई सिपाहीलाई छुटाएर फिर्ता लगेको दाबी गरेको छ। अमेरिका र भारत पछि इरान  पाकिस्तान भित्र प्रवेश गरेर सर्जिकल स्ट्राइक गर्ने तेस्रो देश हो।इरानको क्रान्तिकारी गार्ड्स ९आईआरजीसी० ले बुधवार पाकिस्तानी इलाकामा एउटा खुफिया अभियान पछि आफ्नो दुई जना जवानलाई मुक्त गराएको जानकारी दिए।

आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै सो अपरेसन गरी सफलतापूर्वक आफ्ना दुई सिपाहीहरूलाई जैश(उल(अदल संगठनको चंकुलबाट उद्धार गरिएको जनाएको हो। यी दुबै सैनिकहरू अढाई वर्ष अगाडि अपहरणमा परेका थिए।ु

१६ अक्टूबर २०१८ मा, जैश(उल(अदल संगठनले मेरवाका र पाकिस्तानको सीस्तान शहरको बलुचिस्तान प्रान्तबाट  १२ ईरानी क्रान्तिकारी गार्डहरूलाई अपहरण गरेको थियो। यसपछि तेहरान र इस्लामाबादका सैन्य अधिकारीहरूको तर्फबाट उनीहरूको स्वतन्त्रताको लागि संयुक्त समिति गठन गरियो। समितिले उनीहरूलाई मुक्त गराउन अहम् भूमिका निभाएको थियो।यिनीहरूमध्ये ५ इरानी सैनिकहरू १५ नोभेम्बर २०१८ मा २१ मार्च २०१९ मा चार इरानी सैनिकहरूलाई रिहा गरिएको थियो ।

जैश(उल(अदल संगठन तेहरानले आतंकवादी संगठन घोषित गरेको छ। यो आतंकवादी संगठनले इरानमा कैयौ पटक आम नागरिकमाथि र सैनिक अड्डाहरूमा आक्रमणहरू गरिसकेको छ। यो संगठनले ईरानी सरकार बिरूद्ध युद्ध छेडेको छ र आफुहरू इरानमा बलोच सुन्नीको अधिकारको रक्षाको लागि लडिरहेको दाबी गर्छन् ।