आगो ताप्ने क्रममा जलेर एक बृद्धाको मृत्यु
२३ माघ २०७७, शुक्रबार १५:०३
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–२ हरदियामा आज बिहान एक जना बृद्धाको आगोमा जलेर मृत्यु भएको छ ।
सप्तरीको हरदियामा घुर ताप्दै गरेकी ७५ वर्षीया नन्कु पासवानकी पत्नी कमली देवी पासवानको जलेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताउनुभयो ।
आफनै घरमा घुर बालेर ताप्दै गरेकी वृद्धाको साडीमा आगो लागेर दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो ।
जलेर गम्भीर घाईते भएकी वृद्धाको उपचारको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भर्ना गरिएकोमा उपचारकै क्रममा विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया