रुस कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा – Nagarikabhiyan : National News

रुस कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा

काठमाडौं । रसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढि रहेको छ । रसियामा पछिल्लो एक हप्तादेखि दैनिक १० हजारभन्दा बढी नयाँ संक्रमित देखिएका छन् ।
गएको २४ घण्टामा रुसमा ११ हजार ६५६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यससँगै रुस कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा उक्लिएको छ । रुसमा हालसम्म २ लाख २१ हजार ३४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २ हजार ९ को मृत्यु भएको छ भने ३९ हजार ८०१ उपचारपछि स्वस्थ बनेका छन् ।