भोलि एकआपसमा भिड्दै ओली र प्रचण्ड-नेपाल समूह, युवाहरु तयारी अवस्था, सरकार पनि उत्रियो एक्सनमा – Nagarikabhiyan : National News

भोलि एकआपसमा भिड्दै ओली र प्रचण्ड-नेपाल समूह, युवाहरु तयारी अवस्था, सरकार पनि उत्रियो एक्सनमा

काठमाडौं । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूह भोलि एकआपसमा भिड्ने निश्चित भएको छ ।

प्रचण्ड नेपाल समूहले जसरी पनि आम हड्ताल सफल पारेरै छोड्ने र ओली समूहले आफ्नो २३ गतेको विशाल जनप्रदर्शनलाई जसरी पनि सफल पार्नेतिर अगाडि बढ्दा दुबै समूहबीच मुडभेटको खतरा बढेको हो ।

त्यसमाथि सरकार पनि प्रतिवादमा उत्रिएपछि मुडभेटको खतरा झनै बढेको छ । सरकार मुडभेट हुन नदिने भूमिकामा खटिनुपर्नेमा गृह मन्त्रालयले आमहड्ताल अवज्ञा गर्न विज्ञप्ति निकालेरै भनेको छ ।

यस्तोमा ओली समूहका युवा नेताहरु पनि प्रतिवादका लागि तयारी अवस्थामा रहेका छन् । ओली निकट अनेरास्ववियुका अध्यक्ष ऐन महरले काठमाडौंमा हुन गइरहेको आमसभामा आउने जनतालाई अवरोध गरे प्रचण्ड–नेपाल समूहको प्रतिवाद गरिने चेतावनी दिएका छन् ।

आमहड्तालका नाममा जनतालाई अवरोध गरे प्रतिवादमा उत्रिने उनको चेतावनी छ । ‘२३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियुले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।

यसबाट पनि मुडभेटको खतरा प्रबल देखाउँछ । साथै महरले आफ्ना नेता–कार्यकर्ताहरुलाई आ–आफ्नो जिल्लामा काठमाडौंको आमसभामा आउने जनताको सुरक्षामा खटिन निर्देशन पनि दिएका छन् ।

गृहको विज्ञप्ति गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै अवरोध पुग्न नदिन सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने भन्दै यातायात व्यवसायीलगायतका उद्यमी व्यवसायीलाई निर्धक्क भएर पूर्ववत रुपमा पेशा–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । गृ

हले प्रचलित कानुनविपरित शान्ति सुरक्षामा खलल् पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध पुर्यानए कडाइका साथ प्रस्तुत हुने पनि प्रष्ट्याएको छ ।

‘शान्ति सुरक्षामा खलल् पुग्ने गरि तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही हुने चेतावनी विज्ञप्तिमा भनिएको छ ।

ओली समूहका युवा कार्यकर्ता र गृह मन्त्रालय नै प्रतिवादमा उत्रिएपछि सुरक्षा संगठन समस्यामा परेका छन् । मुडभेटलाई कसरी रोक्ने भन्ने रणनीतिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी लागेका छन् ।