आगलागीबाट क्षति
२१ माघ २०७७, बुधबार २०:२४
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका २ मा आज भएको आगागीमा परि रु दुई लाख मुल्य बराबरको क्षति भएको छ ।
सो आगालागीमा स्थानियबासी मो।रहमुलको ईट्टाको वाल र एलबेष्टरले बनेको २ वटा कोठा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घरमा मिटरको तार सर्ट भई आगलागी हुँदा निजको घर जल्नुका साथै घरभित्र रहेको अन्नपात,लताकपडा नगदजिन्सी सहित करिब रु दुई लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त आगागीमा एक थान बिद्युत मिटर,एक थान ग्याँस सिलिन्डर,ग्याँसको चुलो,एक थान, एक थान राइसकुकर,एक थान भबलेटर र चामलका बोरा लगायतका सरमानहरु समेत जलेको प्रहरीको भनाई छ ।
आगोलाई स्थानियबासी,प्रहरीको सहयोगमा पुर्ण रूपमा नियन्त्रणमा लिएको थियो सो आगालागीमा मानवीय चौपाया क्षती नभएको अन्य अनुसन्धान भई प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया