प्रचण्ड-नेपालको आमहड्ताललाई सर्वोच्चले दियो काउन्टर, प्रधानन्यायाधीशको यस्तो आदेश ! – Nagarikabhiyan : National News

प्रचण्ड-नेपालको आमहड्ताललाई सर्वोच्चले दियो काउन्टर, प्रधानन्यायाधीशको यस्तो आदेश !

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहले भोलि आमहड्तालको घोषणा गरेको छ ।

खासगरी भोलि ओली समूहको विशाल जनप्रदर्शन र आज सपथ लिएका संवैधानिक पदाधिकारीको नियुक्तिको विरोधमा हुन लागेको आमहड्ताललाई सर्वोच्च अदालतले भने अस्वीकार गरेको छ ।

अदालतको संवैधानिक इजलासमा भइरहेको संसद विघटनविरुद्धको मुद्दाको बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अड्ताल नमान्ने उद्घोष गरेका हुन्।

उनले भोलि पनि इजलास सञ्चालन हुने आदेश दिएका छन् । यससँगै अदालतले आमहड्ताललाई बहिष्कार गर्नेछ ।

भोलि पनि अदालतका कामकारवाही सञ्चालन हुनेछन् । महान्यायाधिवक्ता अग्नि खरेलले पनि भोलि राज्य सबै प्रणाली सूचारु हुने बताएका छन् ।