सेभद चिल्ड्रेनद्धारा अनुगमन – Nagarikabhiyan : National News

सेभद चिल्ड्रेनद्धारा अनुगमन

राजविराज । सबल नेपालले सन् २०२० मा एक बर्षभित्र सप्तरीको सुरुङगा नगरपालिकामा गरेको क्रियाकलाप तथा कार्यक्रमको बारेमा आज यहाँ अनुगमन गरिएको छ ।

सेभ द चिल्ड्रेनको तर्फबाट नेपालकै राष्ट्रिय निर्देशक जेनिफर सइदको अगुवाईमा सो अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा सबल नेपालको सहयोगमा सप्तरीको पश्चिमी भेगको सुरुङगा नगरपालिका वडा नं. ३ दोलतपुरमा कृषक समुहले लगाएको तरकारी बालीको अनुगमन गरिएको छ ।

गुलाब कृषक समुहले आफना छोराछोरीलाई पढाउने खर्च जुटाउन उदेश्य तथा घर खर्च चलाउनको लागि त्यहाँ करिब २ बिगाह १० कठामा तरकारी खेति लगाइएको छ ।

दुई जना पुरुष र २० जना महिला गरि २२ जना सदस्यहरु मिलेर त्यहाँ बन्दाकाउली,गोलभेडा,प्याज,फुलकोबी,मिरचाई,आलु लगायतका बिभिन्न किसिमको हरियो जागसबजीहरु उत्पादन गरि स्थानिय बजार तथा ग्रामिण भेग सम्म बिक्रिबितरण गर्ने गरेको पाइएको छ ।

उनीहरुले सो तरकारी खेतिबाट आम्दानी भएको पैसाले आफना छोराछोरीहरुलाई बिद्यालय पढाउनुका साथै आफनो घरखर्च पनि चलाउने गरेको गुलाब कृषक समुहकी अध्यक्ष आशियादेवी रामले बताउनुभयो ।

सो क्रममा अनुगमनकर्ताहरुले कृषि क्षेत्रको पनि अनुगमन गरेर कृषकहरु संग छलफल समेत गरेका छन ।

सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले जिल्लाको सुरुङगा नगरपालिका वडा नं. ७ स्थित आधारभुत बिद्यालय भवनको मर्मत सम्भार र त्यहाँ गरेको क्रियाकलाप बारे समेत अनुगमन गरिएको सबल नेपालका शिक्षा अधिकृत निरबहादुर आलेले जानकारी दिनुभयो ।

सो क्रममा बिद्यालयका प्रअ उग्रनारायण चौधरीले बर्षेदेखि जीर्ण रहेको बिद्यालय भवनलाई सबल नेपालको सहयोगमा मर्मत सम्भार हुदा आफुहरु अत्यन्त खुशी भएको बताउदै अब यो बिद्यालय परिर्वतनको दिशमा पुगेको बताउनुभयो ।

बिद्यालयमा मर्मत सम्भार,रंगरोगन,बालमैत्री खानेपानी,बिद्यालयको कक्षाकोठा मर्मत,बिद्यालयमा शिक्षकहरुलाई समय समयमा शिक्षा सम्बन्धी बिभिन्न तालिम र बिद्यालयलाई ब्यवस्थित बनाउनको लागि सहयोग गरेको प्रति उहाँले धन्यवाद दिनुभएको थियो ।

सोही कक्रममा बिद्यालयका पुर्व प्रअ नथुनि बिश्वकर्माले पहिला सधारण अवस्थामा आर्थिक अभावका कारण समस्यामा रहेको आधारभुत बिद्यालयमा अहिले सबल नेपालले मर्मत गरेपछि बिद्यालयमा बिद्यार्थीको संख्या पहिलाको तुलनामा बढेको जानकारी दिनुभयो ।

सबल नेपालको सहयोगमा उक्त बिद्यालयमा ७ लाख ५० हजार खर्च गरि बिद्यालयमा अपाङ मैत्री भ¥याङ, ३ वटा शौचालयको मर्मत सम्भार र रंगरोगनका साथै कक्षा कोठा ब्यवस्थापनका लागि बालबिकाशदेखि कक्षा ३ सम्म समेत मर्मत सम्भार गरिएको छ ।
बालबिकाससहित कक्षा १ देखि ७ सम्म पुरै बिद्यालयमा रंगरोगन समेत गरिएको छ ।

बि.स. २०२८ सालमा स्थापना भएको आधारभुत बिद्यालयमा सुरुसुरुमा राम्रो नभएपनि अहिले राम्रो देखिएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

त्यस्तै बिद्यालयका अभिभावक रामलाल रामले जीर्ण रहेको बिद्यालयमा शिक्षकको कमी भएपनि यहाँ राम्रो पढाई हुने गरेको उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा बिद्यालयमा पुगेकी सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक जेनिफर सइदले कोभिड १९ मा पनि यो बिद्यालयमा समाजिक दुरी र सेजिटाइजर तथा माक्स लगाएर पढाई भइरहेको प्रति खुशि ब्यक्त गर्नुभयो ।

यहाँको बिद्यालयमा पढाई रहेको शिक्षक र बिद्यार्थीहरुको लगानसीता देखेर उहाँले खुशी ब्यक्त गर्दै अगामी दिनमा सेभ द चिल्ड्रेनबाट हुने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै अनुगमन टोलीहरुले सुरुङगा नगरपालिकामा समेत गएर नगरपालिकाको गतिबिधिबारे जानकारी लिएको छ ।

सुरुङगा नगरपालिकाका नगरप्रमुख मुक्तनाथ चौधरीको अध्यक्षतामा भएको छलफलमा सुरुङगा नगरपालिका भित्र करिब ८ हजारको हराहरीमा बिद्यार्थीहरु रहेको र उनीहरु सबै कोभिड १९ मा समाजिक दुरी र सबै बिद्यालयमा सबल नेपालले उपल्बध गराएको सेनिटाइजर,माक्स लगाएर स्वास्थ्य सामग्रीहरु प्रयोग गरेर संचालनमा रहको जानकारी दिएको छ ।

सो नगरपालिकाका शिक्षा अधिकृत हिरालाल रानाले नगरपालिका भित्र रहेको बिद्यालयमा शिक्षकको अभाव रहेको गुनासो गर्दै कोभिड १९ को मध्यनजर गरि यस नगरपालिका भित्र रहेको बिद्यालयहरु असोज १५ गतेदेखि नै स्वास्थ्य सतर्कता अपनाएर संचालन भइरहको जानकारी दिनुभएको थियो ।

सबल नेपालले सहयोग गरेको माक्स,सेजिटाइजर र स्वास्थ्य समाग्रीहरुको उचित प्रयोग भइरहेको बताउदै शिक्षा क्षेत्रको बिकासका लागि अगामिदिनहरुमा यस्तै सहयोको अपेक्षा रहने उहाँले बताउनुभयो ।

यसैगरी उक्त टोलीले कल्यानपुरमा रहेको सबल नेपालको कार्यालय गएर त्यहाँको अवस्था र कामकाज तथा आगामी कार्ययोजना बारे जानकारी तथा छलफल गरिएको छ ।

सो अनुगमनमा सेभ द चिल्ड्रेनको तर्फबाट नेपालकै राष्ट्रिय निर्देशक जेनिफर सइद,प्रदेश नं. २ का क्षेत्रिय निर्दैशक डा. अजयकान्त, बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो, खिलानाथ निरोला,आपुर्तिब्यवस्थापन जिवन सत्याल,इन्द्र हायु,अभिलेश कर्ण,रिता तामाङ र सबल नेपालको तर्फबाट अध्यक्ष जुना गिरी, कार्यकारी निर्देशक दिपक झा,कार्यक्रम संयोजक नन्दकिशोर चौधरी,शिक्षा अधिकृत निरबहादुर आले,मनोसमाजिक कार्यक्रम अधिकृत डिकुरा पोखरेल र राष्ट्रिय समाचार समितिका अरुण कमाुर यादव लगायतका सहभागिता रहेको थियो ।