दुर्घटनमा एकको मृत्यु – Nagarikabhiyan : National News

दुर्घटनमा एकको मृत्यु

राजविराज । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको हनुमाननगर कंकालनि नगरपालिका १ भारदहमा आज दिउँसो बोलेरो गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सो दुर्घटनमा परि मोटरसाइकल चालक मोरङ रङगेली नगरपालिका ८ बस्ने ३७ बर्षीय भिमराज राजवंशीको मृत्यु भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु २५ प ५७१२ नम्बरको मोटरसाईकललाई बिपरित दिसाबाट आउदै गरेको को १ ज ३१९९ नम्बरको बलेरो गाडीले राजवंशी सबार मोटरसाईकललाई ठक्कर दिएको थियो ।

यता बलेरो गाडी र चालक धनकुट्टा पाख्रिवास नगरपालिका ४ बस्ने ३९ बर्षीय तोर्ण निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबरे अनुसन्धान कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।