जनता समाजवादीले माघ २३ गते देशव्यापी जनप्रदर्शन गर्ने
२० माघ २०७७, मंगलवार २०:०३
काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले आगामी २३ गते देशव्यापी रुपमा जनप्रदर्शन गर्ने, २५ गते प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते मसाल जुलुस गर्ने जनाएको छ ।
जसपका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडा स्तरमा परिस्थिति अनुसार विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलनलाई जारी राख्ने बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया