दुखको खबर !! कोरोनाविरुद्धको खोप लगाएको केहि दिनपछि स्वास्थ्यकर्मीको नि’धन
१९ माघ २०७७, सोमबार १९:१३
भारतको तेलन्गाना राज्यमा ५५ वर्षीया स्वास्थ्यकर्मीको निधन भएको छ। भारतमा जारी कोरोना खोप अभियानमा सहभागि रहेकी स्वास्थ्यकर्मीले खोप लगाएको ११ दिनपछि मृ’त्यु भएको हो। सम्बन्धीत स्वास्थ्य निकायले उनको मृ’त्यु उमेरको कारण भएको जनाएको छ।
१९ जनवरीमा खोप लगाएपछि उनलाई जनवरी २९ श्वासप्रश्वासमा समस्या देखिएको कारण अस्पतालमा भर्ना गरिएको थियो। हैदराबाद स्थित रहेको निजाम इन्सटिच्युटमा उनको निधन भएको हो।
उक्त अस्पतालको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ,‘५५ वर्षीया महिलाको मृ’त्युको कारण उनको उमेर रहेको र खोपको कारण मृ’त्यु भएको हैन।’ महिलाको कार्डियो रेस्पिरेटरी बन्द भएको कारण उनको निधन भएको उल्लेख गरिएको छ। सो राज्यमा ४२ वर्षीय एमबुलेन्स चालक र ४५ वर्षीय स्वास्थ्य सेवामा खटिएका व्यक्तिको निधन भइसकेको समाचारमा उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया