शक्तीको आडमा अपराध गर्ने अनी उल्टै चरित्र हत्या: सुनिता (स्थलगत रिर्पोट) – Nagarikabhiyan : National News

शक्तीको आडमा अपराध गर्ने अनी उल्टै चरित्र हत्या: सुनिता (स्थलगत रिर्पोट)

देवानगंज ।  घटना २०७७ बैशाख ११ गते विहानको समयको हो । देशमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन रहेको बेला घरकाममा बस्दा उपयुक्त हुने कुरा सर्वमान्य नै भएको थियो ।
यसै क्रममा घरमा बसेको समयको सदुपयोग गर्ने सिलसिलामा सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जका जयप्रकाश मेहताले आफ्नो घर र घर अगाडीको खाली जग्गामा घेराबेरा गर्ने काम सुरु गर्नुभयो । घेराबेराका लागि नापजोख गरेपछि बासँको कर्चीको टाटी बनाउनुभयो ।
आफ्नो सिमानामा कर्चीको टाटी लगाउने क्रममा एलानी पर्ती र सरकारी जग्गा भन्दै यो तिम्रो होईन मेरो हो भन्दै छिमेकी बलराम मेहता टाटी लगाउन अवरोध गर्नुभयो । त्यसक्रममा गालीगजौज भयो र जयप्रकाशले लाटी लगाउने बलरामले लगाउन नदिने भनेर ठेलमठेग गर्नुभयो ।
बलरामले जयप्रकाशको टाटी लडाई दिएर बलराम र जयप्रकाश आपसमा उचालेपछार्ने काममा उत्रिनुभयो । उनीहरुको बीचमा भएको झग्डामा केहीले साम्य पारे । झगडियाको पक्षबाट प्रहरीमा विहान ९ बजे फोन आयो र झग्डाको कुरा प्रहरीको कानसम्म पुग्यो । घटना स्थलबाट दुवैपक्षका लागि प्रहरीले ल्याए । झग्डाको थप शक्तिका लागि ६० वर्षिय बलराम मेहताले देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जका ५५ वर्षिय प्रमेश्वर मेहता, २५ वर्षिय चन्दन मेहता र २३ वर्षिय कुन्दन मेहता सहितकालाई बोलएकाले दुईको झडप परिबार घर भित्र पुग्यो ।
बलराम पक्षका तर्फ बाट आएका प्रमेश्वर मेहता,चन्दन मेहता र कुन्दन मेहता सहितकाले आफू माथि बैशाख ११ गते घरमा पसेर थप कुटपिट गरेको जयप्रकाशकी २५ वर्षिया श्रीमती सुनिता मेहताले सुनाउनुभयो ।
सुनिताले आफू माथि कुटपिट र सारीचोला च्यातेर बढी जान्ने बनेको गजेडीले मज्जा दिन नसकेर मातेको हो अहिले मज्जा देखाई दिन्छु भन्दै शरिर माथि चढेर कुटपिट गर्नुका साथै जबरजस्तीको समेत प्रयास गरेको बताउनुभयो ।
आफू पीडित भएको र शरिरभरी चोट अनि यौनी र पाठेघरबाट रगत निस्कने गरी पेटमा चोट लागेकोमा वीपक्षीहरुले शक्तीको आडमा अपराध गर्ने अनी उल्टै चरित्र हत्या गर्ने प्रयासमा लागेको गुनासो गर्नुभयो ।
सुनिता मेहताको भनाई जस्ताको त्यसतै  सर मेरो नाम सुनिता मेहता हो । म सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जका जयप्रकाश मेहताकी पत्नी हुँ । मेहता माईती घर हरिनगरा हो ।
मेरो उमेर २५ वर्ष भएको छ । अस्ति वैशाख ११ गते विहान म भान्सामा काम गरिरहेको थिए । पतीदेवले घर अगाडीको जग्गामा घेराबेरा गरीरहनुभएको थियो । त्यसक्रममा होहल्ला भयो । बलराम भन्नेले आक्रमण गरे । टाटी लडाएर पतीलाई कुटपिट समेत गरे ।
म आउदाँ घटना साम्य भएको थियो । केही बेरपछि बलरामका भाई बताउने प्रमेश्वर मेहता,चन्दन मेहता र कुन्दन मेहता सहितकाले अमाचकारी गाली गर्दै आफू माथि एकाएक घरमा पसेर थप कुटपिट गरेको हो ।
घरमा पसी सारी चोलो च्यातेर तिर्घा र सम्बेदनशिल अंगमा चिथोरेको, हेलिमेण्टे कुट्दा दातमा चोट लागेको,कानको दुवैभागमा निलडाम परेको, हातको औला भाचिएको तथा योनीबाट रगत समेत बगेको छ ।
मलाई पशु जस्तै व्यवहार गरेर आक्रमण गरयो । यतीको घटना हुदाँ समेत आफूलाई न्यायको साटो पती जयप्रकास मेहतालाई इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी नायव नीरिक्षक बताउने देवराज काफ्लले उल्टै झग्डा किन ? गरेको भन्दै पक्राउ गरेर प्लास्टीकको पाईपले कुटेको छ ।
पतीलाई थुनेको बेला लडदैपड्दै आफू रक्तामै भएपनि प्रहरीकोमा गएको र रतग हेरेपछि आफूलाई एम्बुलेन्समा राखी कोशी अञ्चल अस्पतालमा उपचारका लागि गलिएको हो । लकडाउन भएकाले कप्तानगञ्ज स्वास्थ्य चौकीमा उपचारका लागि गएकोमा रगत गएकाले त्यसको प्रत्यपत उपकरण र औषधी नभएको भन्दै विराटनगर गए । रक्तश्राव भएकाले आफ्नो पेटको गर्भ पनि खेर गएको आशंका गरेको तर तीन महिनादेखी महिनाबारी नभएकोले आशंका गरेपछि परिक्षण गर्दा गर्भ नभएको र कुटाईको चोटले रगत गएको थाहा भयो ।
रगत रोक्ने औषधी सहित उपचार गराएर  मेरो कान, योनी र शरिभरी लागेको चोटको उपचार गराएको भएपनि धम्की आउने क्रम नरोखिएको अवस्था छ । त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिए । हालसम्म कुनै सुनुवाई भएको छैन । त्यसपछि केही पीडितको पक्षमा न्यायका लागि पहल हुन्छ की भनेर कोशी अञ्चल अस्पतालमा दुई दिन उपचार गराएको रिर्पोट सहित मानव अधिकार आयोग विराटनगर गएको तर त्यहाँ कोहीलाई नभेटि फर्र्कीए ।
त्यहाबाट आएपछि बैशाख १७ गते आफूलाई अन्याय भएकाले न्यायका लागि पहल गरि दिन भन्दै इन्सेक सुनसरी प्रतिनिधि कहाँ निवेदन दिए । जव म इन्सेकमा दिएको निवेदनको बारेमा मिडिया र पत्रकारलाई जानकारी दिएपछि केहीमा समाचार आयो । आफू पीडित भएकाले न्याय पाउने आश गरेकोमा मैलै सुनेको विराटनगरको एउटा अनलाईनमा मेरो चरित्र हत्या गर्ने र इन्सेकमा निवेदन दिएको कुरा गलत भनेर समाचार आएको छ रे त्यसमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।
विपक्षीहरुले आफूलाई चालुपुर्जा व्यवहार देखाउने भनेर चित्रण गरेको हुदाँ के के ? कहाँ कहाँ ? कसरी कसरी? कसलाई कसलाई ? कीन कीन? कस्तो कस्तो ? कस्को कस्को उल्लेख नगरी एक छिमेकीलाई हवला दिएको र चरित्र हत्या गर्ने काम अनलाईनले गरेकाले अनलाईनको घृणित र पितपत्रकारीताको घोर भत्सना गर्दछु । मैले इन्सेकमा दिएको निवेदन सही हो , न्यायका लागि प्रहरीमा पनि गएको हो । विपक्षीहरु केही समय अर्कै काण्डमा थुनामा परेर फर्किएकाले प्रहरीले केही गर्न सक्दैन भनेर धम्की दिईरहेको छ ।
झग्डाका अर्का पात्र बलराम मेहताको भनाई जस्ताको त्यसतै  सर मेरो नाम बलराम मेहता हो । म सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्ज निबासी हुँ । मेरो विपक्षी जयप्रकाश र उनको पत्नी सुनिताले मलाई मेरो जग्गा पनि मिचेको र आक्रमण पनि गरेको हो । हाम्रामा अस्ति वैशाख ११ गते विहान म घर अगाडीको मैलै जोतभोग गरिहेको जग्गामा जयप्रकाशले घेराबेरा गरीरहेको देखेपछि नगर्नु भएको त के थिए झम्टेको थियो । त्यसक्रममा होहल्ला भयो । जयप्रकाश भन्नेले मलाई आक्रमण गरे । टाटी लडाएर होईन की त्यसै मलाई कुटपिट समेत गरे । म उनको कुटाईबाट घाईते भए । दात पनि टुटेको छ । 
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नीरिक्षक सरोज खनालको भनाई : यो घटनाको विषयमा म आफै गएको थिए । झग्डा भएको हो । दुवै पक्षकाले उपचार गराएको रहेछ । सुनिता मेहताको उजुरी जिल्लामा आएको छ । अर्को पक्षको आएको छैन । हामी अनुशंधानमा छौं । सुनिता र जयप्रकाशले प्रहरीमा दुई वटा निवेदन दिएको छ । पहिलोमा गर्भ तुहाएको भनेपनि अर्कोमा त्यो छैन् । आरोपहरुको विषयामा बुझ्नै छौं । पीडित र केही स्थानीय तथा इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्चार्ज देवराज काफ्लेसंग पछि बुझ्ने काम भएको छ । प्रहरीले पनि आफूलाई यातना र कुटपिट गरेको जयप्रकाशको आरोपको बारेमा पछि सोधपुछ गरे त्यसतो नगरेको दावी गर्दै घटना भएकाले दुवै पक्षलाई उपचारका लागि पठाएको प्रतिकृया आएको छ ।
देवानगञ्ज गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पुनितादेवी यादव  हाम्रो यो जिल्लाको सीमावर्ती क्षेत्रमा गाउलेको झैझग्डा भईरहछ । कहिले कताँ कहिले कताँ भईरहछ । यो घटना मेरो जानकारीमा आएको छैन । तर पनि सोधीखोजी गर्छु ।
घटनामा संलग्ता नभएको बताउने कुन्दन मेहताको प्र्रेस विज्ञप्तीको भनाई  यो घटनाको विषयमा जसरी मेरो नाम मुछिएको छ म यसमा छैन ।
मेरो कुरा जस्ताको त्यसतै , सुनसरीको देवानगंज गाउँपालिका वडा नं. ३ कप्तानगंजकी २५ वर्षीय सुनिता मेहताले आफू माथी ऐ-ऐ वस्ने म कुनदन मेहता लगायत मेरो वुवा परमेश्वर मेहता र मेरो ठुुलो वुवा बलराम मेहता समेतले कुटपिट र जबरजस्तीको प्रयास गरेको भनी इनसेकमा दर्ता गराउनु भएको निवेदन माथी गम्भीर ध्यानाकर्षण भएको छ ।
उत्त सम्वन्धमा मेरो भनाइ के छ भने यही मिति २०७७ साल वैशाख ११ गतेका दिन विहानको अन्दाजी ८ वजेको समयमा मेरो दाई चन्दन मेहता, वुवा परमेश्वर मेहता र ठुलो वुवा बलराम मेहता तथा विपक्षी जयप्रकाश मेहता बिच जग्गामा तारबार लगाउने सम्वन्धमा समान्य विवाद भएको हो ।
कुटपिट हुँदा दुवै पक्षलाई समान्य चोटपटक लाग्दा प्रहरी चौकी देवानगंज मार्फत उपचार गराउने सर्तमा मेलमिलाप समेत भईसकेकोमा सोही कुटपिकटो कारण सुनिता मेहताले आफ्नो पाठेघरमा चोट लागेकोे भन्दा मैले सुनिता मेहतालाई कोशी अञ्चल अस्पताल विराटनगरमा लगेर चेक जाँच गराउँदा सम्पूर्ण स्वास्थ्य अवस्था समान्य रहेको भनेर डाकटरले भन्दा समेत कसैको कुनै कुरा नसुनी आफै बनावटी रुपमा झुठा मुद्दा तयार गरी विवादित ठाउँ तथा समयमा म नहुँदा समेत मेरो विरुद्धमा बदनियत पूर्वक मलाई दुःख दिने मनसायले मात्रै इनसेक नेपालमा दर्ता गराउनु भएको निवेदन झुठा रहेको जानकारी गराउन चाहन्छु ।
            कुन्दन मेहता
देवानगंज-३,कप्तानगंज, सुनसरी