बिद्यालयमै अजिङगर सर्प फेला
१४ माघ २०७७, बुधबार १५:५०
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भुलुवामा आज दिउँसो एक बिद्यालयमा अजिङगर सर्प भेटिएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित आधारभुत बिद्यालय भलुवामा रहेको शिक्षकहरु बस्ने कोठामा करिब १० फिट लामो सो अजिङगर सर्प फेला परेको बिद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।
करिब ९ ÷१० किलो तोल भएको अजिङगर सर्प कोठाको माथिलो भागमा बसेको अवस्थामा बिद्यार्थीहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय भारदह र सब डिभिजन वन कार्यालय कंचनपुरको टोलीले अजिङगर सर्पलाई उद्धार गरेका छन ।अरुण कुमार यादव

फेसबुकबाट तपाईको प्रतिक्रिया