आतंकवादविरुद्धको लडाईंमा यदि र तर भन्ने हुँदैन : भारतीय विदेशमन्त्री
१४ माघ २०७७, बुधबार १४:४५
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवादविरुद्धको लडाईंमा यदि र तर भन्ने नहुने बताएका छन् । विदेशमन्त्री जयशंकरले विश्वभरि आतंकवादविरुद्ध लड्न राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।
न्यूज एजेन्सी एएनआईका अनुसार युएनएससीको खुला बहसलाई सम्बोधन गर्दै उनले भने, “लडाईमा कुनै ‘इफ र बट्’ हुनु हुँदैन ।” ‘दोहोरो मापदण्ड’ भएका मुलुकहरुले त्यो मापदण्ड त्यागेमा मात्रै आतंकवादविरुद्ध लड्न सकिने उनले बताएका छन् । उनले भने, “आतंकवादी भनेका आतंकवादी नै हुन् ।
त्यसमा असल र खराब कुनै छैन । यस भेदभावलाई प्रचार गर्नेहरूको एजेन्डा हुन्छ र जसले उनीहरूलाई लुकाउन खोज्छ तिनीहरू पनि त्यत्तिकै दोषी छन् ।” उनले कतिपय राज्यहरुमा आतंकवादलाई आर्थिक सहयोग गरिरहेका मुलुकहरुले नै यसमा दोषी रहेको उनले बताएका छन् ।
उनले भने, “आतंकवाद बढाउन आर्थिक सहयोग गरिरहेका विषय पत्ता लगाउन, अनुसन्धान गर्न र कारवाही गर्न कानुनी वा अपरेशनल फ्रेमवर्क र प्राविधिक विशेषज्ञता छैन भने आतंकवादलाई सहयोग पुर्याउने अपराध गर्नेहरुलाई आर्थिक सहयोग र सुरक्षित आश्रय दिएका छन् ।” उनले भने, “हामीले आतंकवादविरुद्ध लड्न क्षमता अभिवृद्धि गर्नुपर्दछ, अन्तर्राष्ट्रिय समुदायले सामूहिक रूपमा उनीहरूलाई बोलाउनु पर्छ र उत्तरदायी बनाउनुपर्छ,” उनले संयुक्त राष्ट्रका सदस्यहरुलाई भने ।
जयशंकरले भने, “न त हामीले आतंकवादलाई जायज ठान्नु हुँदैन र आतंककारीहरूको महिमा गर्न हुँदैन । “सबै सदस्यहरूले आतंकवाद विरोधी साधनहरूमा समेटिएको दायित्व पूरा गर्नुपर्दछ ।” एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया