कृत्रिम आँखा हालेर ७८ वर्षीय वृद्धले पाए ज्योति
१३ माघ २०७७, मंगलवार १८:३९
एजेन्सी। कृत्रिम कोर्निया प्रत्यारोपण गरेपछि इजरायलमा दश वर्षअघि बाँया आँखाको ज्योति गुमाएका ७८ वर्षीय एक पुरुषले
दृष्टि पाएका छन् ।
जमल फुरानी नाम गरेका ती पुरुषलाई इजरायली कम्पनी कोर्नेट भिजनले बनाएको कृत्रिम कोर्निया इजरायलको रबिन मेडिकल सेन्टरमा प्रत्यारोपण गरिएको हो ।
एक घण्टाभन्दा कम समयमै प्रत्यारोपण सकिएको प्रत्यारोपण गर्ने चिकित्सक प्रोफेसर इरिट बहारले बताएकी छन् ।
कार्नेटभिजन कम्पनीले परीक्षणात्तमक तरिकाले यो अपरेसन गरेको थियो । कृत्रिम कोर्निया प्रत्यारोपण सफल भएसँगै अब, विश्वभरका दशौंलाख मानिसहरुले आँखाको ज्योति पाउँने सम्भावना देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया