विराटनगर–१६ दरैयामा फेला पारियो २ लाख ९७ हजारको सामान
१३ माघ २०७७, मंगलवार १६:००
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलिले विराटनगर–१६ दरैयाचोकबाट २ लाख ९७ हजार ४०० मूल्य बराबरको सामान बरामद गरेको छ । जोगबनीबाट भन्सार छलेर अवैध भित्र्याइएको सामान प्रहरीले बरामद गरेको हो ।

लेडिज कुर्ता सुरुवाल सेट २०५ थान, जिन्स पेन्ट १४५ थान, स्लट जामा ४ थान, लेडिज (बनारसी, साधा) साडी २४ थान, पेन्ट–सर्टको कपडा ४ रोल, लेडिज लेहेङ्गा ४ थान, पर्दाको कपडा ३ थान, तन्ना तथा सिरानीको खोला २२ थान, बिभीन्न चाबिमा लाग्ने रिङ १ बोरा रहेको छ । OB

फेसबुकबाट तपाईको प्रतिक्रिया