रामनवमीको लागि बनाईएको मुर्ती सेलाईयो
२३ चैत्र २०७६, आईतवार ०८:४०
इनरुवा, चैत २३ गते । रामनवमीको अवसरमा सुनसरीको विभिन्न मन्दिर र व्यक्तिगत मुर्ती घरमा बनाइएको मुर्तीहरु आईतबार सेलाईएको छ । रामनवमीको अवसरमा जिल्लाको विभिन्न ठाउँमा बनाइएको भगवान राम सहितका विभिन्न देवी देउताको पुजापाठ गरेर लकडाउनको बीचमा समेत स्थानीय नहर, नदी र खोलामा मुर्ती सेलाइएको हो ।
सुनसरीको कोसी कटान क्षेत्रको श्रीपुरजव्दी, लौकही, हरीनगरा लगायतको विभिन्न स्थानमा बनाइएको मुर्ति सेलाइएको स्थानीय अरुण मण्डलले जानकारी दिनुभयो ।
उता सुनसरी सदरमुकाम इनरुवा ९ यादव टोलमा बनाइएको मुर्तीको समेत रामनवमीमा पुजापाठ र भजन किर्तन सहित सेलाईएको स्थानीय धनीलाल यादवले जानकारी दिनुभयो । यादवका अनुसार विगतमा ग्रामिण क्षेत्रमा ठूलो महत्व र ठूलो मेला लाग्दै आएकोमा यसपाली खल्लो भएको तर पुजापाठ राम्रो भएको छ । जिल्लाको विभिन्न ठाउँमा बनाइएको मन्दिरहरुमा पुजापाठ भएको थियो ।
यसपाली जिल्लाको विभिन्न ठाउँमा रामनवमीमा लागुने मेलामा नाच, सांस्कृतिक कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रमहरु भने स्थगित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया