वोनम्यारो रोगबाट पिडित नेपालीलाई आर्थिक सहयोग
१२ माघ २०७७, सोमबार ०७:५१
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित वोनम्यारो रोगबाट पिडित राजिव नेपालीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
स्थानियबासी मनकुमार नेपालीका छोरा राजिवलाई विभिन्न विद्यालय ,संघसंस्था तथा स्थानियहरुबाट उपल्बध रु १ लाख ३५ हजार २ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।
पिडित परिवारका अनुसार सानै उमेरमा छोरा राजिव नेपालीलाई वोनम्यारो रोगबाट बिरामी भएपछि छोराको उपचार गर्न मोटो रकम आवश्यक परेको थियो । सो आर्थिक अभावका कारण छट्पटिरहेका पिडितलाई स्थानियको सहयोगमा आर्थिक सहयोग प्रदान गरिएपछि ति परिवार खुशी भएका छन ।
सोही अनुसार शंकर माध्यमिक विद्यालय कञ्चनरुप –१२ रुपनगरका विद्यार्थीहरुबाट संकलन गरिएको रु १४ हजार ६ सय ३०, सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल दौलतपुरका विद्यार्थीहरुबाट संकलन गरिएका रु ४ हजार २ सय १०, महेन्द्र जनता माध्यमिक विद्यालय कञ्चनरुप –६ बलुवा सितापरका विद्यार्थीहरुबाट संकलन रु २ हजार ९५, रामजानकी बचन तथा ऋण सहकारी संस्था सितापुरबाट प्राप्त रु पाँच हजार आर्थिक सहयोग आर्थिक सहयोग गरिएको छ ।
त्यस्तै वडा नम्बर ७ र १२ का स्थानियहरुबाट संकलन गरिएको ८९ हजार २ सय ७० रुपैयाँ , अमेरीकामा बस्ने नेपाली चेली निशिला कार्कीबाट १० हजार र अमेरीकामा बस्ने गणेश विष्ट बाट रु १० हजार गरी जम्मा रु १ लाख ३५ हजार २ सय ५ रुपैयाँ सहितका संकल भएका पैसा समाजसेवी प्रमोद कटुवालले मनकुमार नेपालीलाई हस्तान्तरण गर्नुभएको थियो ।
यसअघि पनि समाजसेवी देवनारायण श्रेष्ठको नेतृत्वमा रु १५ हजार ५ सय आर्थिक संकलन गरी आर्थिक सहयोग गरिएको थियो ।
सुनसरीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा उपचारका लागि एक महिना अगाडि भर्ना गरिएको राजिव नेपालीको पूर्णरुपमा उपचार हुनका लागि रु ५० लाख लाग्ने जनाइएको छ ।
नेपाालीको घोपामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं स्थित रहेको सिभिल अस्पताल लाग्ने तयारी भएको परिवारजनले जनाएको छ ।–––
फागुनको अन्तिम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
अरुण कुमार यादव
राजविराज स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम साताबाट राजविराजमा आयोजना हुने भएको छ ।
भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवका अनुसार प्रतियोगितामा सात वटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमका झण्डै १ सय ५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरि प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने बताउनुभयो ।
प्रतियोगिता भब्यरुपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक संकलन, फिल्ड ब्यवस्थापन, स्वागत लगायत विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिनुभयो ।
सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व. देवसुन्दर यादवको स्मृती एवं सम्मानमा नेपाल भारत्तोलन संघ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया