ट्याक्टरबाट लडेरएक बालकको मृत्यु – Nagarikabhiyan : National News

ट्याक्टरबाट लडेरएक बालकको मृत्यु

राजविराज। सप्तरीको पश्चिमी भेग खडक नगरपालिकामा आइतबार साँझ ट्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ ।

कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँका दुर्गा भगतको १२ वर्षीय छोरा विशाल भगतको मृत्यु भएको प्रहरी नायव उपरिक्ष भुवनेश्वर साहले जानकारी दिनुभयो ।

फुलबडियाबाट उत्तर कल्याणपुरतर्फ जाँदै गरेको ट्याक्टरमा सवार बालक ट्याक्टरबाट खसेर गम्भिर घाइते भएपछि उनलाई उपचारको लागि स्थानिय सुरक्षा अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृह राखिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।