ल्याइयो मलेसियाबाट १७ जना नेपालीको शव – Nagarikabhiyan : National News

ल्याइयो मलेसियाबाट १७ जना नेपालीको शव

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसिया गएर मृत्यु भएका १७ जना नेपालीको शव काठमाडौं ल्याइएको छ ।

शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव ल्याइएको हो । शव लिन शुक्रबार उक्त विमान मलेसिया गएको थियो ।

नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याएको जनाएको छ ।