मोटरसाइकल दुर्घटनामा चौधरी मृत्यु – Nagarikabhiyan : National News

मोटरसाइकल दुर्घटनामा चौधरी मृत्यु

राजविराज। बोदेवरसाइन–बिष्णुपुर सडक खण्ड अन्र्तगत सप्तरीको बोदेबर्साईन नगरपालिका २ स्थित जोगियामा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बिष्णुपुरबाट बोदेबरसाईन तर्फ जादै गरेको ३ जना सवार प्रदेश न.२–०१–००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि मोटरसाइकलको बिचमा सवार खडक नगरपालिका वडा नं. ८ का १८ बर्षीय सुदिप चौधरीको मृत्यु भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
दुर्घटनापछि गम्भिर घाइते भएका चौधरीको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएो छ ।
त्यस्तै सोही दुर्घटनामा परि मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ८ बस्ने २७ बर्षीय सनी चौधरी र मोटरसाइलको पछाडी सवार १८ बर्षीय दिबेश चौधरीको टाँउको र शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएका छन ।
घाईते भएका दुवै जनाको उपचारको लागि युनिक अस्पतालमा भनाई गरिएको छ ।
उक्त मोटरसाइकल ईलाका प्रहरी कार्यालय बोदेबरसाईनले नियन्त्रनमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –––