दुई जना प्रतिवादी कारागार चलान
१० माघ २०७७, शनिबार ११:५३
राजविराज । सप्तरीमा सवारी ज्यान मुद्दा र चोरी मुद्दामा पक्राउ परेका दुई जना प्रतिवादीलाई सुक्रबार पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।
प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहका अनुसार सप्तरीको खडक नगरपालिका वडा न. ३ घर भई हाल खडक नगरपालिका ११ बस्ने २९ वर्षिय लक्ष्मी चौधरीलाई सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशमा उनीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
यस्तै मोटरसाईकल चोरी मुद्दामा पक्राउ परेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ सखडा निवासी २४ वर्षिय मनोज कुमार चौधरी धरौटी तिर्न नसक्दा उनी पनि कारागार चलान भएका छन् ।
अदालतले चौधरीसँग ५५ हजार धरौटी माग गर्दा उक्त धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको बोदेबरसाइन नगरपालिका वडा नं. ५ स्थित बिष्णुपुर बोदेबरसाईन सडक खण्डमा पुस ११ गते लक्ष्मी चौधरीले चलाएको प्रदेश नं.२ ०१–००१प.७५३३ न.को मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा उक्त मोटरसाईकलमा पछाडी सवार सोही स्थान निवासी २२ वर्षिय देवेश चौधरी घाइते भएका थिए ।
उनको उपचारका लागी लहानतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको थियो । सोही घटनामा उनलाई प्रहरीले पक्रउ गरेको थियो ।
यस्तै मनोज चौधरीलाई गत पुस १४ गते जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ स्थितमा उपेन्द्र प्रसाद चौधरीको पार्कीङ गरी राखेको रा.१ प.२६१६ न.को मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया