कोरोना खोप बनाइरहेको भारतको सेरम इन्सिट्युटमा भीषण आगलागी
८ माघ २०७७, बिहीबार २०:३३
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी अर्थात भारतको सेरम इन्सिट्युट अफ इन्डियाको नयाँ निमार्ण भइरहेको ठाउँमा आगलागी भएको छ ।भविष्यमा बढी मात्रामा खोप उत्पादन गर्ने उद्देश्यले क्षमता बढाउन बनाइरहेको नयाँ भवन क्षेत्रमा आगलागी भएको हो ।
भारतस्थित कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनी सिरम इन्स्टिच्युटमा बिहीबार भीषण आगलागी भएको छ। जलेर ५ जनाको मृत्यु भएको छ।
पुणेस्थित कम्पनीको टर्मिनल-१ का चौथो र पाँचौं तलामा भएको भीषण आगलागी भएको हो। आगो नियन्त्रण गरिसकेपछि भित्र ५ वटा शव भेटिएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ६ कर्मचारीलाई भने सुरक्षित निकालिएको छ।
आगो बीसीजी खोप उत्पादन गर्ने प्रयोगशालामा लागेको हो । पुणेका मेयर मुरलीधर मोहोलले मृत्यु भएका मानिस प्लान्टमा काम गर्ने मजदुर हुन्। अझै प्लान्टमा खोजी जारी छ।
आगलागीले खोप उत्पादनमा कुनै असर नपुर्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो कम्पनी भारतको पुणेमा एक सय एक्कड क्षेत्रफल फैलिएको छ ।
आगलागी क्षेत्र खोप उत्पादन भइरहेको क्षेत्रभन्दा केही मिनेटको दुरीमा रहेको छ । नयाँ निमार्ण भइरहेको क्षेत्रमा नौ वटा भवन बनाइँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया