मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
८ माघ २०७७, बिहीबार १२:०४
राजविराज । सप्तरीको खडक नगरपालिका स्थित हुलाकी सडकमा मोटरसाइकल गएराती भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
मृत्यु हुनेमा खडक नगरपालिका वडा नं। ११ निवासी २१ बर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडी सावार २५ बर्षिय अरबिन्द यादव रहेको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो ।
त्यस्तै मोटरसाइकलकै पछाडि सबार २५ बर्षिय सुनिल चौधरी समेत घाइते भएका छन । घाइते चौधरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा उपचारको लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश नं। २ –०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल चालक साह सहित ३ जना सवार मोटरसाइकल हुलाकी सडक खण्डको हुलाकी सडक परियोजना क्याम्प नजिक आफे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया