संघीयता, लोकतन्त्र र परिवर्तनमाथि घात : अध्यक्ष उपेन्द्र यादव
७ माघ २०७७, बुधबार १९:३४
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान सरकारले संघीयता, लोकतन्त्र र परिवर्तन उपर घात गरेको आरोप लगाउनुभएको छ ।
जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले नेपालको संवैधानिक व्यवस्था लुडोको खेलमा रहेको सर्प सिँढीको खेल जस्तै भएको बताउनुभयो ।

‘लुडोमा सर्प र सिँढी भएको एउटा खेल हुन्छ उक्त खेलमा सिँढीमाथि चढेर माथि पुगिन्छ तर सर्पको मुखमा गएर फेरि जहाँको त्यहीँ फर्किनुपर्ने हुन्छ,’ ठिक त्यस्तै नेपालको संवैधानिक व्यवस्थालाई पनि यसैगरी बर्तमान सरकारले समाप्त पार्ने खेलमा लागेको उहाँले आरोप लगाउनुभयो ।
जनता संघर्ष गरेर माथि चढ्छ तर कालो सर्पले फेरि उल्लंघन गरेर फेरि जस्ताको त्यस्तै बनउने काम गरेको भन्दे आफ्नो पक्षमा फैसला ल्याउन सरकारद्वारा सर्वोच्च अदालतलाई धम्क्याएर निर्देशित गर्ने कार्य समेत भइरहेकोले लोकतन्त्रमा यो सुहाउँदैन् ।

अध्यक्ष यादवले ‘सात सालमा अन्तरिम संविधान जारी भयो । पहिला राजा त्रिभुवन त्यसपछि राजा महेन्द्रले कार्यान्वयन गरेनन् । १५ सालमा बनेको संविधानलाई उल्लंघन गरेर राजा महेन्द्रले १७ सालमा कू गरेपछि फेरी ४७ सालको संविधानलाई बाधा अड्काउ फुकाउको नाममा राजा ज्ञानेन्द्रले कुल्चँदै संसद् विघटन गरी प्रतिगमन गरेको थियो ।

२०६३ को अन्तरिम संविधानमा संघीयता, गणतन्त्र, समावेशी र पहिचानका कुरा उल्लेख नभएपछि २०७२ सालम मधेसी,अदिवासी,जनजाती,मुस्लीम,पिछडीएका वर्ग लगायतकाको सर्घषबाट बनेको संबिधन पनि ध्वासत पार्ने खेल भइरहेको उहाँको भनाई थियो ।
प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले आयोजना गरेको विरोधसभामा अध्यक्ष यादवले ‘प्रधानमन्त्री केपिशर्म ओलीको सोचमा नै निरकुंशता छ, उहाँलाई लाग्छ कि म जे भन्छु त्यही हुन्छ । तर उहाँको यो सोच गलत हो भन्दै जनताको जीवनसँग खेलवाड गरिरहेको उल्लेख गर्नुभयो ।

काँग्रेसले समेत अहिले ढुलमुल चरित्र देखिएको आरोप लगाउदै लोकतन्त्रको रक्षा काँग्रेसबाट हुन नसक्ने दावी गर्नुभयो ।
दुई–चारवटा राजनीतिक नियुक्तिका लागि काँग्रेसका नेतृत्व पक्षले ओली समक्ष टाउको झुकाएर बसेको टिप्पणी गर्दै लोकतन्त्रको रक्षाका लागि जसपा नेपाल वैकल्पिक शक्तिको रुपमा अगाडि आएको उहाले जिकिर गर्नुभयो ।
मधेसीमाथि दमन गरेर ल्याइएको र विश्वकै उत्कृष्ट भनिएको संविधान उल्लंघन गरेको भएपनि अधिकार सुरक्षित नभए आफूहरु जस्तोसुकै संघर्ष गर्ने अध्यक्ष यादवले बताउनुभयो ।

चुनावी तथा काम चलाउ सरकारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संरक्षण गरिरहेको टिप्पणी गर्दै ‘काम चलाउ सरकारले कुनै सन्धि सम्झौता तथा वार्ता गर्न नमिल्ने कुरा सबैलाई थाह छ’ ‘संसद विघटन गरेर चुनावको घोषणा गर्दा चुनावी सरकार हुन्छ, जसले महत्वपूर्ण कुनै पनि निर्णय गर्न मिल्दैन तर प्रधानमन्त्री केपिशर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत पठाएर नेपालीको शीर झुकाउने काम गर्नुभएको छ उहाँको भनाई थियो ।
सोही कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले ‘संविधान बन्ने बेला नै ओलीले पहिलो प्रतिगमन गरको आरोप लगाउनुभयो

नेता महतोले ‘छातीमा गोली हानेर अधिकार खोसेर संविधान जारी गरेको बतउदै गत पुस ५ गते संसद विघटन गरेर अर्काे प्रतिगमन गरेको आरोप लगाउनुभयो ।
नेता महतोले नेकपाका अध्यक्ष पुष्पदाहाल प्रचण्डलाई धोकेबाजको संज्ञा दिदै मधेश, लिम्बुबान, मगरात, थरुहटसहित विभिन्न राज्य बनाइदिने र बराबरको अधिकार दिने नाममा १७ हजार जनतालाई मारेर संविधान बनाउने बेला यी सबै कुरा बिर्सेको बताउनुभययो ।

संविधान बनाउने बेला प्रचण्डले केपी ओलीसँग मिलेर जनताको अधिकारलाई बिर्सेकाले उनी धोकेबाज भएको उहाँको भनाइ छ ।
आफूहरु अधिकारका लागि आन्दोलन गरिरहँदा उनीहरु कुर्सीका लागि आन्दोलन गरिरहेको बताउँदै नेता महतोले संसद पुर्नस्थापना भएमा या चुनावै भएमा पनि मधेशले अधिकार नपाउने र अधिकारका लागि निर्णायक आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

हामी अधिकारको माग गर्दा बल प्रयोग गरेर संविधान ल्याइ पहिलो पटक भएको प्रतिगमनमाथि पुस ५ गते संसद् विघटन गरेर महाप्रतिगमन भयो । अधिकार माग्दा मधेसी जनतामाथि गोली वर्षाएर हत्या गर्न खेजेको आरोप लगाउदै संविधानकै हत्या गरेर उनी संविधान र जनता दुवैका हत्यारा हुन् ।’ बर्तमन सरकारको पतन जरुरी भएको बताउँदै संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आफूहरु आन्दोलनमा होमिएको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया