जनयुद्धका ‘लिडर’ प्रचण्डले गरे अर्काे आन्दोलन हुनेबारे घोषणा ! – Nagarikabhiyan : National News

जनयुद्धका ‘लिडर’ प्रचण्डले गरे अर्काे आन्दोलन हुनेबारे घोषणा !

काठमाडौं। केही दिनअिघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवेगसहितको आक्रामक आन्दोलन गर्नुपर्ने देखिएको बताएका थिए ।

प्रचण्डको यस्तो अभिव्यक्तीपछि देशमा भयंकर आन्दोलन हुनसक्ने आशंकहरु बढ्दै गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देशमा पछिल्लो समय प्रदर्शन बढ्दै गएको थियो ।

तर यसबिषयमा प्रचण्डले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा दाहाल–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने बताएका हुन् ।

प्रचण्डले ओली सरकारविरुद्ध शाकाहारी आन्दोलनले नपुग्ने भन्दै हिंसात्मक आन्दोलनमा उत्रिनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । तर, आजको भेलामा दाहालले आफूले यसअघि बोलेका कतिपय कुराको अपव्याख्या भएको स्पष्ट पारेका हुन् ।