संसद पुनर्स्थापना भए पनि ओली नै फेरि प्रधानमन्त्री हुने दाबी, यस्ता छन् तर्क !
६ माघ २०७७, मंगलवार १५:४२
अम्बरिश पोखरेल
विघटित संसद पुनर्स्थापित भए पनि, ओली नै पिएम हुने पक्का रहेछ ।
१. विघटित संसद पुनर्स्थापित भए पछि पनि ओली नै पिएम रहने देखिन्छ । अहिले दर्ता गरिएको अविश्वास प्रस्तावमा प्रचण्ड लाई पिएमको लागि प्रस्ताव गरिएको छ । जब कि प्रचण्डलाई पुन पिएम भारतीय पक्षले हुन दिँदैन । MCC को घाँडो पनि छदै छ ।
२. यसको अर्थ अविश्वासको प्रस्ताव फेल हुन्छ । अर्को अविश्वासको प्रस्ताव, अर्को एक वर्ष नपुगी ल्याउन पाइँदैन, यो नयाँ संविधान अनुसार ।
३. तर रन्थनिएका समुहहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउन सक्ने अवस्था प्रबल छ । यसैमा धोको मेटाउने बाहेक विकल्प छैन ।
४. अर्को वर्ष पछि (छ महिना जति बाकी रहन्छ आवधिक चुनाव) चुनावी सरकार गठन गर्ने तरखर हुन्छ, त्यसको लागि नेपाली कांग्रेस एक नम्बरको दाबेदार स्वतः भइसकेको छ अहिले नै ।
५. यसरी प्रचण्ड समुह झन् पछि झन् कमजोर हुँदै गइरहेको प्रतीत हुन्छ दुवै अवस्थामा, संसद पुनर्स्थापित भए पनि नभए पनि । भित्री रूपमा कसैलाई पनि संसद् पुनर्स्थापित हुन्छ भन्ने विश्वास छैन ।
६. म कुनै गुटमा लागेर यी वा यस्ता कुराहरू लेख्ने गरेको छैन । आफूलाई लागेका कुराहरू लेखिएको मात्र हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया