अमेरिकी वायुसेनाको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा – Nagarikabhiyan : National News

अमेरिकी वायुसेनाको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं । अमेरिकी वायुसेनाको विमान (यूएस एयर फोर्स) त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । अमेरिकी वायु सेनाको विमान मंगलबार बिहान ९ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

विमानस्थल उच्च सुरक्षा स्रोतले मंगलबार बिहान ९ बजे अवतरण भएको विमानले मध्यान्ह १२ बजेपछि अमेरिकाका लागि उडान भरेको जानकारी दिएको छ । स्रोतका अनुसार विमान नेपालस्थित अमेरिकी दूतावासका कर्मचारीहरुलाई पुर्‍याउन नेपाल आएको हो ।

“यूएस एयर फोर्सको विमान बिहान ९ बजे आएको थियो, १२ बजेपछि फर्किएको छ,” स्रोतले भन्यो, “आफ्ना डिप्लोम्याट (कूटनीतिज्ञ) पुर्‍याउन विमान आएको रिपोर्टिङ भएको छ ।”

स्रोतले उक्त विमानमा नेपाल आएका कूटनीतिज्ञहरु उच्च ओहोदाका भने नभएको पनि जानकारी दिएको छ ।