२४ औं घण्टे इमर्जेन्सी सेवा सुरु
६ माघ २०७७, मंगलवार १०:२२
राजविराज । सप्तरीको उत्तरी भेग फत्तेपुरस्थित स्वास्थ्य चौकीमा सोमबारदेखि २४ औं घण्टे इमर्जेन्सी सेवा सुरु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका अन्र्तगत पर्ने फत्तेपुरमा स्वास्थ्य चौकीमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु भएको हो ।
सो नगरपालिकाका मेयर उत्तमकुमार शर्मा गौतमले एक समाहारो बिच इमर्जेन्सी सेवाको उद्घाटन गर्नुभयो ।
स्वास्थ्य चौकीका प्रमुख राजकुमार दासका अनुसार स्वास्थ्य चौकीमा यसअघि नै ल्याव तथा ५ वेडको कोभिड–१९ अस्थायी अस्पताल सन्चालनमा आइसकेको फत्तेपुर स्वास्थ्य चौकीबाट सप्तकोशीका ११ वटै वडा र छिमेकी नगरपालिका उदयपुरको चौदण्ढि गढि र बेलका नगरपालिकाका जनता समेतले अब सुबिधा लिन सकिने बताउनुभयो ।
स्वास्थ्य चौकी फत्तेपुरबाट २४ घन्टा इमर्जेन्सी सेबा, ल्याब लगायत सेबा एम बि.बी एस डाक्टरहरुबाट उपलब्ध रहने स्वास्थ्य सेवा समेत प्रदान गरिने चौकी प्रमुख दासको भनाई छ ।
यसैबिच सप्तकोशी नगरपालिकामा १५ वेडको अस्पताल समेत सञ्चालनका लागि तयारी भईरहेको नगर प्रमुख गौतमले वताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया