रवीभवनस्थित अपार्टमेन्टमा भिषण आगलागी, यस्तो छ अबस्था!
५ माघ २०७७, सोमबार १५:१८
काठमाडौँ । काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।
अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीबारे खुल्न नसकेको बताए । ‘आगलागीबारे खुल्न सकेको छैन ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । हामी सबै फिल्डमा छौं,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया