प्रधानमन्त्री ओलीबारे यस्तो आयो प्रधानन्यायाधीश राणाको धारणा ! – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीबारे यस्तो आयो प्रधानन्यायाधीश राणाको धारणा !

काठमाडौं । संसद विघटनपछि सबैको ध्यान अदालततिर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम संवैधानिक कि असंवैधानिक भन्ने के निर्क्यौल होला भन्ने चासो छ । यहीँ चासोका बीच संवैधानिक इजलासमा प्रधानमन्त्रीले न्यायालय र पूर्वप्रधानन्यायाधीशबारे गरेको टिप्पणीको प्रश्न उठ्यो ।

आइतवार निवेदकका तर्फबाट अधिवक्ता सुनिल पोखरेलले बहस गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि दबाबपूर्ण अभिव्यक्ति र पूर्व प्रधानन्यायाधीशले नागरिकका हैसियतले बोलेको कुरामा होच्याउने काम गरेको भन्दै प्रश्न उठ्यो ।

आफ्नै पूर्वजमाथि उठेको प्रश्नका सवालमा प्रधानन्यायाधीशको राणाको राय महत्वपूर्ण हुने नै भयो । तर उनले सन्तुलित विचार दिए । अदालतमा ओलीले सेटिङ मिलाइसको भनेर कुप्रचार भइरहेका बेला प्रधानन्यायधीश राणाले बाहिरको कुरामा इजलासको सरोकार नहुने जवाफ दिए ।

प्रधानन्यायाधीशले भने, ‘बाहिर कसले के भन्यो हाम्रो सरोकारको कुरा होइन। कानुनमा छैन। हाम्रो माइन्डमा छैन। हार्टमा पनि छैन। इजलासभित्रको विषयमा जे छ त्यो हाम्रो सरोकार हो।’

संसद विघटनपछि चार जना पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र अनुपराज शर्माले संयुक्त विज्ञप्ति जारी गरेर आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको र यो असंवैधानिक भएको बताएका थिए ।

यो धारणापछि प्रधानमन्त्री ओलीले पूर्वन्यायामूर्तिले अदालतलाई प्रभावमा पार्न खोजेको टिप्पणी गरेका थिए  ।