सकरदहीमा आगलागी चार घर नष्ट,बीस लाखको क्षति – Nagarikabhiyan : National News

सकरदहीमा आगलागी चार घर नष्ट,बीस लाखको क्षति

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सकरदही टोलमा गएराती आगलागी हुदा चार वटा घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २ सकरदही निवासी जगन सुतिहारको गाइगोठबाट सुरु भएको आगलागीमा परि  निजको एउटा घर,छिमेकी नारायण सुतिहारको एउटा,दुर्गानन्द सुतिहारको एउटा र सुमित मगरदैताको समेत एउटा गरि चार वटा घर जलेर नष्ट भएको वडा अध्यक्ष संतोष गोइत यादवले जानकारी दिनुभयो ।

राती खाना खाएर सुतेको बेला अचानक सल्केको आगोले गाईगोठ सहित चार वटा घर जलेर नष्ट भएको पिडित परिवारले जनएको छ  ।

सो आगलागीबाट खाद्यन्न,लताकपडा,नगद जिन्सी र भडाकुडा गरि करिब रु २० लाख मुल्य भन्दा बढीको क्षति भएको वडा अध्यक्ष यादवले बतउनुभयो ।

आगोलाई स्थानियबासी,हनुमाननगरबाट गएका बरुणयन्त्र तथा सशस्त्र प्रहरी बल भारदह र नेपाल प्रहरीको टोलीले अगोलाई नियन्त्रणमा लिएको थियो ।