धारापानी पर्यटकियक्षेत्र बन्दै – Nagarikabhiyan : National News

धारापानी पर्यटकियक्षेत्र बन्दै

राजविराज । अग्रेजी बर्ष सुन् २०२१ सुरु भएसंगै सप्तरीको उत्तरी भेगमा रहेको धारापानी भन्ने ठाउँ अहिले पर्यटकिय क्षेत्रको गन्तब्य बनेको छ ।

आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको सप्तरीको कञ्चनरुप नगरपालिका –१२ धरमपुर स्थित रहेको धर्मेश्वर महादेव धारापानी पर्यटकिय क्षेत्रमा रमाइलो र मनोरंजनका लागि यहाँ दैनिक पिक्नीक(बनभोज) गर्नेहरुको भिड लाग्ने गर्दछ ।

पूर्व –पश्चिम राजमार्गको सिमरा चौकदेखि करिब १ किलो मिटर उत्तर चुरे जंगलको फेदिमा रहेको धर्मेश्वर महादेव धारापानी पर्यटकिय क्षेत्रमा आज÷भोलि आन्तरिक पर्यटकहरुको घुइचो लाग्नुका साथै पिकनीक(बनभोज) गर्नेहरु पनि बिभिन्न ठाउँबाट यहाँ आउने गरेको कंचनरुप नगरपालिकाका स्थानिय राजकुमार पासवानले बताउनुभयो ।

चारैतिर हरियाली वन, कहिल्यै नसुक्ने धारा , धर्मेश्वर महादेवको मन्दिर, तिरतिरे धारा, परेवा भिर , सहलेश पिडिया, कुन्तामाई थान , दोभान , पिक्निक स्पोर्ट , पार्क र सामुदायिक भवन रहेकै कारणले गर्दा पनि यहाँ आन्तरीक तथा बाह्य पर्यटकको रोजाइमा परेको उहाँले बताउनुभयो ।

पुरातत्व विभागले निमार्ण गरिदिएको धर्मेश्वर महादेवको मन्दिरले गर्दा पनि यस ठाउँको आकर्षण बढेपछि आन्तरिक तथा बाहरी पर्यटकहरु रमाइलो गर्नुको साथै पिकनीक(बनभोज) मनाउन पनि उल्लेखनिय संख्यामा पर्यटक आउने गरेको सोही ठाउँका स्थानिय उत्तम अचार्यको भनाई छ ।

जिल्लाको सदरमुकाम राजविराजसहित बिभिन्न ठाउँबाट रमाइलो तथा बनभोज गर्नका लागि अहिले धरै मानिसहरु धारापानी नै रोजने गरेको देखिएको छ ।

धारापानी भन्ने ठाउँमा हरियालि वनजङगल,पानी बग्ने खोला र मनोरंजन गर्ने उल्लेखनीय रुपमा ठाउँ भएकाले बनभोज खान पनि त्यहाँ जाने इच्चा भएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २ का प्रवेश यादवको भनाई छ ।

उक्त ठाउँमा आन्तरीक पर्यटक जानुका साथै पिकनिक(बनभोज) गर्ने दैनिकरुपमा बिभिन्न जिल्लाहरुबाट बिद्यालयका बिद्यार्थी,अभिभावक,शिक्षक,शिक्षिका,युवायुवती र सार्वसाधारणको भिड लाग्ने गरेको पाइएको छ ।

यस पर्यटन क्षेत्रमा वैशाख देखि दैनिक नै हजारोको हराहरीमा वनभोज खान आन्तरीक पर्यटक आउने गरेको पर्यटन क्षेत्रका अध्यक्ष लिलबहादुर मगरले बताउनुभयो ।

शान्त वातावरण , रमणीय ठाउँ भएका कारणले गर्दा पनि दशैं तिहार सकिएसँगै अग्रेजी बर्ष सुरु भएपछि पुस, माघ,फागुन महिनासम्म बढी मात्रामा आन्तरीक तथा बाह्य पर्यटकहरु यस ठाउँमा वनभोज खान र रमाइलो गर्न आउँने गरेको अध्यक्ष मगरको भनाई छ ।

उहाँ भन्नुुहुन्छ यस ठाउँमा नेपाल भित्रका तथा भारतको विहार राज्यबाट पनि बढीमात्रामा वनभोज खान र भगवान् शिवको दर्शन गर्न आउने गरेको पाइएको छ । तर कोरोना माहामारीका कारण यस बर्ष भारतबाट बाहिरी पर्यटक आउने पर्यटकमा कमी देखिएको छ ।

ठाउँ राम्रो छ भनेर सुनेको थिए आएर हेर्दा सबै थोकको सुविधा सम्पन्न एवम रमणीय स्थान रहेको बनभोज खान त्यहाँ पुगेका पर्यटकहरु बताउँछन ।

धरमपुर स्थित रहेको धर्मेश्वर महादेव धारापानी यहाँको आकर्षणलाई अझे राम्रो बनाउन ताल बनाउने र स्टलहरु निर्माण गरी यस पर्यटकिय क्षेत्रलाई नमूना पर्यटक क्षेत्र बनाउने अभियानमा आफु पनि लागेको कंचनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र बताउनुभयो ।

उहाँका अनुसार यस पर्यटक क्षेत्रमा १२ फिट अग्लो हनुमानको मूर्ति यसै आर्थिक वर्षमा निर्माण गरिने बताउदै राजमार्ग देखि पर्यटकिय क्षेत्रसम्म सार्वसाधारणलाई आउन जानका लागि बाटो कालो पत्रे गर्ने योजना समेत रहेको बताउनुभयो ।

साथै पर्यटकलाई सुविधा होस् भनेर ब्यवस्थित शौचालय निर्माण र खानेपानीको लागि धाराको समेत व्यवस्था गरिने नगरप्रमुख मिश्रको भनाई छ ।