बैशाखमै चुनाव हुने भएकाले मतदानका लागि तयार रहन आग्रह गर्दछु :कुसियैत – Nagarikabhiyan : National News

बैशाखमै चुनाव हुने भएकाले मतदानका लागि तयार रहन आग्रह गर्दछु :कुसियैत

इनरुवा । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री जगदिश प्रसाद कुसियैतले बैशाख १७ र २७ गते नै चुनाव हुने भएकाले मतदानका लागि तयार रहन जनसमुदायलाई आग्रह गर्नुभएको छ । मन्त्री कुसियैतले आइतबार दिउसो नेपाल कम्यूनिष्ट पार्टी (नेकता) भोक्रहा नरसिंह गाउँ कार्य कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै समयमा निर्वाचन हुने दावी गर्नुभएको हो । कार्यक्रममा सहभागी भएका नेकपा कार्यकताएहरुलाई सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन समयमा हुने भएकाले जनसुमदायमा सोही अनुसारको सूचना र सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो ।

वहाँले केही मुठ्ठीभर समूहले निर्वाचन समयमा हुदैन कि भनेर भ्रम फैलाएकाले त्यसको पछि नलागी नेकपालाई दुई तिहाईको मत दिन अपिल समेत गर्नुभयो । वहाँले नेपाली जनताले नेकपाको काम हेरेर खुसी भएकाले अव सुखि नेपाली र समृद्ध नेपालको कल्पना पुरा हुने दावी गर्नुभयो ।

वहाँले मधेसको विकास गर्ने र मधेसीको मुक्ती गर्ने पार्टी समेत नेकपा भएकाले सबैलाई नेकपाको एजेण्डा मन पराएको जिकिर गर्नुभयो । वहाँले नेकपा विकास प्रेमी, जनप्रेमी र सुशासन प्रेमि भएकाले नागरिकले मतदान फेरी नेकपालाई नै गर्नुपर्ने बताउनुभयो । वहाँले निर्वाचनको बेला मतदान गर्न तयार रहन राष्ट्रिय युवा संघ, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवीहरु, व्यपारी, राजनीतिज्ञहरु, सर्वसधारण नागरिक लगायत सबै जनसमुदायमा अपिल गर्नुभयो । वहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विकास गर्ने लोकप्रिय भएकाले नेकपाकै केही साथीहरुले काम गर्न बाधा गरेकाले ताजा जनादेशका लागि संसद विघटन गर्नुभएको टिप्पणी गर्नुभयो । वहाँले समयमा निर्वाचन हुने सूचना तथा जानकारी सबैको घरघरमा गराउन वहाँले कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

मन्त्री कुसियैतले सरकारले वैशाखमा मध्यावधि निर्वाचनमा जाने निर्णय गर्ने गरे लगत्तै निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउन आफुहरू तयार रहेको जनाएकाले कोही पनि द्धिविधामा गर्न नहुने बताउनुभयो ।

पुस ५ गते सरकारले संसद् विघटनका साथसाथै वैशाख १७ र २७ गते दुई चरणमा ताजा निर्वाचन गराउने गरि गरेको सिफारिस राष्ट्रपतिद्वारा अनुमोदन भएकाले तोकिएको मितिमा निर्वाचन हुने र त्यसमा मतदान गर्न तयार रहन अपिल गर्नुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका चिरौली चौकमा भएको कार्यक्रममा नेकपा गाउँ कमिटिका सचिव रामकुमार मेहता, अनेरास्ववियु गाउँ कमिटि भोक्राहा,राष्ट्रिय युवा संघ गाउँ कमिटिका सदस्यहरुले समेत आफ्नो धारणा राखेका थिए ।