भारतीय मन्त्रीलाई यो कुन तरिकाको ढोगाइ हो मन्त्रीज्यू ? भन्दै काँग्रेस नेता शाहले उठाए गम्भीर प्रश्न! – Nagarikabhiyan : National News

भारतीय मन्त्रीलाई यो कुन तरिकाको ढोगाइ हो मन्त्रीज्यू ? भन्दै काँग्रेस नेता शाहले उठाए गम्भीर प्रश्न!

काठमाडौं । भारतको हिन्दुस्तान टाइम्स पत्रिकाले भारतीय रक्षामन्त्री राजनाथ सिंह र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भएको भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ ।

received_2942346062700904.jpeg

                      पत्रिकामा छापिएको समाचार 

पत्रिकाले छापेको तस्वीरमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई हात जोडेर शिर निहुराएर रक्षामन्त्री सिंहलाई ढोगेको देखिएको छ । भारत भ्रमणमा रहेका मन्त्री ज्ञवालीको सो तस्वीरलाई पत्रिकाले महत्व दिएर छापेको छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले तस्वीरसहित पत्रिकाको कटिङलाई आफ्नो फेसबुक वालमा राखेका छन् । शाहले ब्याङ्गात्मक तरिकाले स्टाटसमा लेखेका छन् – प्रदीप ज्ञवाली काम चलाउ परराष्ट्र मन्त्री नेपाल सरकार, भारतका रक्षामन्त्री राजनाथ सिंह अगाडि ढोग्दै ।

20210117_141101.jpg

                काँग्रेस नेता अभिषेक प्रताप शाह

प्रधानमन्त्री केपी ओलीको दूत बनेर भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण र भेटवार्ताहरूलाई भन्दा पनि तस्वीरमा देखिए जस्तो भारतीय मन्त्रीलाई ढोगेको शैलीको आलोचना भएको छ ।

कथित राष्ट्रवादको नाममा झण्डै दुईतिहाइ बहुमत पाएर सरकार बनाएको नेकपाको कामचलाउ सरकारका मन्त्रीले भारतीय रक्षामन्त्री सिंहलाई जसरी ढोगेका छन् त्यो शैलीको ढोगाइ कुटनैतिक किसिमको भएन भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।