दुर्घटनामा एकको मृत्यु – Nagarikabhiyan : National News

दुर्घटनामा एकको मृत्यु

राजविराज । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको खड्क नगरपालिका ८ गिरधारी राईस मिल अगाडी आज बिहान भएको सावारी दुर्घटनामा परि एक जना ब्यक्तिको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्ब तर्फ जादै गरेको स १ त २५१२ नम्बरको ट्याक्टर गिरधारी राईस मिल अगाडीे रोकी राखेको अवस्थामा सोही दिशाबाट जादै तर्फ जादै गरेको मे १ज २४५२ नम्बरको सुमोले ठोकिएको छ ।

सो दुर्घटनामा परि सुमोको पछाडि सवार झापा जिल्लाको शिवसतासी नगरपालिका ११ डुरामणी बस्ने २५ बर्षीय रुपेश लिम्बुको मृत्यु भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका लिम्बुको उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका ३ बस्ने ३४ बर्षीय टेक बहादुर दर्जीको उपचारको लागी छिन्नमस्ता अस्पताल राजबिराज सप्तरी पठाई उपचार भईरहेको र सुमो पछाडी सवार अर्का झापाकै गौराद नगरपालिका ४ बस्ने ३६ बर्षीय जित बहादुर श्रेष्ठको दाँहिने हात भाँचीएको छ । उनको स्थानिय अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता टयाकटर र ट्याकटर चालक तथा सुमोलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरिक्षक साहले बताउनुभयो ।