संस्कृति जोगाउनुपर्ने : मन्त्री साह – Nagarikabhiyan : National News

संस्कृति जोगाउनुपर्ने : मन्त्री साह

राजविराज । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले माघे संक्राती पर्व मधेश संस्कृतिको एक पहिचान भएको वताउनुभएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका वडा नं ४ कविलाशास्थित सरदार जातीद्वारा आयोजित चौथो माघे संक्राती मेलाको समुदघाटन गर्नुहुदै तराई मधेसमा माघे संस्कृति पर्व मनाउनेको संख्या उल्लेखनी भएकोले यसको संरक्षण एवम प्रचारप्रसार हुनुपर्नेमा जोड दिनुभयो ।

श्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा आयोजित मेलाको उदघाटन पश्चिात मन्त्री साहले पुरातनकाल देखिनै मधेशी समुदायले मनाउदै आईरहेको माघे संस्कृति पर्व त्योहार नै सवैभन्दा पुरानो तेयोहार भएको उहाँले जिकिर गर्नुभयो ।

साथै यसको संरक्षणमा प्रदेश सरकार लागि परेको बताउदै तराईको बिभिन्न जिल्लामाा आज माघे संस्कृतिका पर्व मनाएको उहाँले वताउनुभयो ।

कुनै पनि धार्मिक पर्व हाम्रो समाजको लागि एकदमै महत्वपुर्ण हुने भएकाले यसको संरक्षण र पहिचान हुनुपर्ने उहाँले समेत जोड दिनुभयो ।

साथै धार्मिक संस्कृति सरक्षण गर्ने काम हामीहरुको मात्रै होनकी समुदायमा रहेका बिभिन्न समुदायिक जातजातीहरुले आफनो आफनो धर्मलाई पहिचान गरि संरक्षण एवम पंचारप्रसारमा जोडदिनुपर्ने उहाँको भनाइृ थियो ।