महिला हत्याका आरोपित कारागार चालान
२९ पुष २०७७, बुधबार ११:३४
राजविराज । सप्तरीमा महिला हत्याको आरोपमा पक्राउ परेका एक जना हिजो कारागार चलान भएका छन ।
सप्तरीको बोदेबरसाईन नगरपालिका ३ का ३६ वर्षिय रबितकुमार मण्डल कारागार चलान भएका हुन् ।
घटनामा संलग्न रहेको आरोपमा उनीसँगै पक्राउ परेका तीन जना भने अदालतको आदेशमा जनही ५०÷५० हजार रुँपैया धरौटीमा रिहा भएका छन् ।
धरौटी बुझाएर रिहा हुनेहरुमा सोही वडाका शिवचरण मण्डल, सुरेन्द्र मण्डल र बिजय मण्डल रहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताउनुभयो ।
पक्राउ परेका चारै जनालाई सप्तरी प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै रबितलाई ज्यान सम्बन्धी कसुरमा पूर्पक्षका लागि कारागार पठाउने तथा अन्य तीनजनालाई धरौटीमा रिहा गर्ने अदालतबाट आदेश भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गत मंसिर २८ गते माछा मार्ने विषयमा विवाद हुँदा रबित मण्डलको नेतृत्वमा रहेको एक समूहले घरेलु हातहतियारले आक्रमण गर्दा सोही वडा निवासी ३४ वर्षिया गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । –

फेसबुकबाट तपाईको प्रतिक्रिया