सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी
२८ पुष २०७७, मंगलवार १९:२९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहले पार्टीको नाम र सुर्य चिन्ह नपाए आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएका छन् । आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘नेकपा र सुर्य चिन्ह हाम्रो हो,’ प्रचण्डले भने,‘चिन्ह र नाम नपाए आँधीवेहरी आउँछ ।’ उनले पार्टीमा आफूहरु नै आधिकारिक भएको दाबी समेत गरे । २०४८ सालमा पार्टीले आफूलाई जिम्मेवारी दिएपछि निर्वाचन आयोगमा चुनाव चिन्ह रोज्न जाँदा सूर्य चिन्ह आफूले नै रोजेर ल्याएको उनले बताए । केपी शर्मा ओलीको विनाशकारी बुद्धिका कारण आज मुलुक द्वन्द्वमा फसेको बताउँदै उनले भने, ‘केपी भाँचिन तयार छन् तर, सच्चिन चाहनन् ।
पार्टीको नाम र सुर्य चिन्हमा समेत यताउता गर्ने खेल भइरहेको भन्दै त्यसबाट गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि केन्द्रीय कमिटी विस्तार गरेको दाबी गरे। प्रधानमन्त्री ओलीको कदमलाई लिएर सबैतिरबाट असंवैधानिक भएको भन्ने आवाज उठिरहेको प्रचण्डको दाबी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया