ट्रम्पद्वारा वासिङ्टन डिसीमा संकटकाल लगाउन स्वीकृति – Nagarikabhiyan : National News

ट्रम्पद्वारा वासिङ्टन डिसीमा संकटकाल लगाउन स्वीकृति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउने मेयरको निर्णयमा हस्ताक्षर गरी स्वीकृति दिएका छन् ।

गत हप्ता ट्रम्प समर्थकले क्यापिटल हिल आक्रमण गर्नेबित्तिकै वासिङ्टन शहरका मेयरले शहरमा १५ दिन संकटकाल लगाउने निर्णय गरेका थिए । समर्थकहरुले क्यापिटल हिलमा छिरेर तोडफोड र आगजनी गरेका थिए ।

सम्भावित हिंसा भड्कीन नदिनको लागि संकटकाल लगाइएको अधिकारीहरुको भनाइ छ । संकटकाल लगाइएसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनामा १ महिलासहित ५ जनाको मृत्यु भएको छ । ३० जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्ने छन् ।

डोनाल्ड ट्रम्पको कार्यकाल सकिन अब मात्र ८ दिन बाँकी छ । तर, उनी राष्ट्रपति हुनु राष्ट्रकै लागि घातक भएको भन्दै सांसदहरू हटाउन लागि रहेका छन् । आज उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भइसकेको छ ।