नेकपाका दुवै समूहलाई पार्टी कार्यालयमा निषेध
२७ पुष २०७७, सोमबार १८:५९
डोटी। विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समुहलाई जिल्ला प्रशासन कार्यालय बझाङले चैनपुरमा रहेको पार्टी कार्यालयमा बैठक, भेला तथा अन्य कार्यक्रम गर्न निषेध गरेको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सोमबार एक विज्ञप्ती जारी गर्दै कार्यालयमा कार्यक्रम गर्न नपाउँने आदेश जारी गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा पार्टी कार्यालयमा दुवै पक्षबाट भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन गर्दा दुवै पक्षको बीचमा झडप हुन गई शान्ति सुरक्षा तथा अमन चयनमा खलल पुग्न सक्ने सम्भावना देखिएकाले पार्टीको विवाद कानुनी रुपमा निरुपण नभएसम्मका लागि पार्टी कार्यालयभित्र भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन नगर्नु नगराउनु हुन यो सूचना आदेश जारी गरिएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया