रामधुनी सहकारीको ३९ लाख बढि हिनामिना, कारवाही गर्ने निकाय मौंन
२७ पुष २०७७, सोमबार १२:०३
देवानगंज । बराहक्षेत्र १० स्थित प्रकाशपुरमा रहेको रामधुनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ३९ लाख रुपैंया हिनामिना भएको खुलासा भएको छ । श्रोतका अनुसार हिनामिा भएको भनिएको रकम सञ्चालक समतिलिे नै तलमाथि गरेको बुझिएको छ ।
सञ्चालक समितिले अनाधिकारिक रुपमा रकम हिनामिना गरेको बाहिरिएपछि शेयर सदस्यहरुले आईतबार कार्यालय पुगेर सहकारीमा तालाबन्दी गरेका हुन । विश्वस्त श्रोतका अनुसार सञ्चालक समितिहरुले लामो समयदेखि रकम हिनामिना गरिरहेको बाहिरिएको छ । जसकारण आर्थिक स्थिति अनुगमन गर्न गठन गरिएको समितिले समेत आर्थिक हिनामिना भएको प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमा ३९ लमख रुपैंया हिनामिना भएको उल्लेख गरिएको थियो ।
आर्थिक वर्ष ०७५/०७६ सालमा भएको सहकारीको २२औं साधारणसभामा २८ लाख हिनामिना भएको प्रतिवेदन बाहिरिएपछि सभाले आर्थिक अनुगमन समिति गठन गर्ने निर्णय गरिएको शेयर सदस्य अरुण राईले बताए । राईका अनुसार २२औं साधारण सभामा २८ लाख हिनामिना भएको प्रतिवेदन आउँदा समेत सञ्चालक समिति सच्चिएन,उल्टै २३औं साधारण सभामा ३९ लाख हिनामिना भएको पतिवेदन सार्वजनिक भएपछि हामी कदम चाल्न बाध्य भएको जानकारी दिए । राईले तत्कालीन व्यवस्थापन स्वर्गीय सालिग्राम निरौलाको गत २२ औैैं साधारसभा अगाडि नै सडक दुर्घटनामा परेर निधन भएपछि २२औं साधारणसभाले मृत्यु भएका निरौलाको नामममा २८ लाख हिनामिना भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
४ हजार २ सयभन्दा बढी शेयरसदस्य रहेको सहकारीका शेयरसदस्यहरुले २२औं साधारणसभामा २८ लाख लाख हिनामिनाको विषयलाई गम्भिरता पूर्वक लिएर साधारसभामामा छानबिन समिति गठन गरिएको थियो । तर समितिले अन्त्यमा पेश गरिएको प्रतिवेदनले २८ लाख मात्र नभई ३९ लाख हिनामिना गरिएको प्रमाणित भएको छ ।
यता सहकारीका अध्यक्ष देवराज मिश्रले आफ्नो गल्ती भएको स्विकार गरेको छ । अध्यक्ष मिश्रले प्रतिवेदनमा उल्लेख गरिएको रकम वास्तवमै हिनामिना भएको र आवश्यक कारबाही भोग्न तयार रहेको बताए । अध्यक्ष मिश्रले स्विकार गरेको गल्तीको नतिजा के हुन्छ भन्ने हेर्न बाकी रहेको सदस्यहरुले बताए ।
यता शेयर सदस्यहरुले भने भ्रष्टचारमा लिप्त भएको हालको सञ्चालक समिति भन्ने चुनावमा उठ्न नपाउने माग गरिरहेका छन् । कतिपय शेयर सदस्यहरुले ३९ लाख मात्र नभई ५१ लाख हिनामिना भएको दाबी गरिरहेका छन् । ३९ लाख रुपैंया सञ्चालक समितिले र बाकीको १२ लाख ५१ हजार त्यहाँ कार्यरत कर्मचारीले हिनामिना गरेको श्रोतको दाबी छ । श्रोतका अनुसार हिनामिना गर्ने कर्मचारीलाई आवश्यक कारबाही गर्न र रामधुनी सहकारीको आजिवन साधारण सदस्यता समेत लिन नपाउने गरि निर्णय गर्न माग उठिरहेको छ । त्यतीमात्र नभइ शेयरसदस्यहरुले तत्काल हिनामिना गरिएको रकम फिर्ता गर्न र फिर्ता नगरेसम्म साधारसभा,नयाँ समिति गठन समेत हुन नदिने अडान लिएका छन् ।
तर यता अनुसन्धान समितिका संयोजक नवराज बस्नेतले सहकारीको कामलाई अवरोध हुने गरि कर्मचारीमाथि तत्काल कारबाही गर्नु उचित नहुने बताए । उनले कर्मचारीलाई कुनै मानसिक तनाव नदिइ यथावत तवरले काम गर्न दिनुपर्छ र त्यही उचित हुने जिकिर गरे । समितिले तत्काल नयाँ सञ्चालक समिति गठन गर्ने र हिनामिना गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाढि बढाउनु पर्नेमा जोड दिएको देखिन्छ । हिनामिना गर्नेलाई सजाय के दिने भन्नेबारे आन्तिरक छलफल सुरु भएको श्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया