२४ वर्षपछि भैँसी चोर पक्राउ
२७ पुष २०७७, सोमबार ११:४९
राजविराज । सप्तरी प्रहरीले भैँसी चोरि मुद्दाका आरोपितलाई २४ वर्षपछि आइतबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहका अनुसार सप्तरीको साविक पिप्रा गाविस हाल कञ्चनरुप नगरपालिका वडा न. ४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
स्थानिय भरतलाल बहरखेर यादवको भैँसी चोरि गरेको आरोपमा बातरलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक साहले जानकारी दिनुभयो ।
पक्राउ परेका बातरलाई जिल्ला अदलतले १ महिना कैद र ३७ हजार जरिवानाको फैसला गरिएको थियो । त्यसपछि उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक साहले बताउनुभयो ।
यता पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया