‘बालकोटको बाटो तयार गर’ भन्ने गगन थापालाई महेश बस्नेतको कडा जवाफ, गरे झुटको पर्दाफास ! – Nagarikabhiyan : National News

‘बालकोटको बाटो तयार गर’ भन्ने गगन थापालाई महेश बस्नेतको कडा जवाफ, गरे झुटको पर्दाफास !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेसका नेता गगन थापालाई कडा जवाफ फर्काएका छन् ।

गगनले केही दिनअघि भक्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद पुनर्स्थापना गरेर घर पठाउने र बाटो तयार पार्न नेता बस्नेतलाई सुझाव दिएका थिए ।

त्यसको जवाफमा बस्नेतले कडा जवाफ दिएका हुन् । उनले आगामी निर्वाचनमा राष्ट्रिय युवा संघका सामान्य कार्यकर्ताले हराउने चेतावनी पनि थापालाई दिएका छन् ।

चाँगुनारायण नगरपालिकामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बस्नेतले कांग्रेका नेता थापालाई कुन शक्तिको नोकर बनेर जनतालाई जोकर भनेको भन्दै १५ वर्षसम्मको छाया मन्त्रीको शुभकामना दिए ।

कसैको इसारामा नेता थापाले एक कार्यक्रममा नेपाली जनता, प्रधानमन्त्री, राष्ट्रपतिलगायतलाई जोकर भनि उल्लेख गरेको बस्नेतको टिप्पणी थियो ।

नेकपाका नेता बस्नेतले कांग्रेसको छाया मन्त्री रहेका नेता थापाले आफ्नो क्षेत्रका जनता तथा पार्टीभित्र गद्धारिपन मात्र गरेकाले आगामी निर्वाचनबाट गगन थापाको अस्थित्व समाप्तको आधार तय हुने चेतावनी दिए ।

‘कांग्रेसका छायाँ मन्त्री गगन थापाले भक्तपुरमा आएर केपी ओली पनि फिर्ता हुने भएकाले बालकोटको सडक पनि उद्घाटन गर्नुस् भनि मलाई भन्नुभएछ’, नेकपाका नेता बस्नेतले भने, ‘तपाई जस्तो झुटको गीतमात्र गाइरहने हाम्रो समय छैन । पार्टी तथा जनताको पक्षमा काम गर्छौ । उद्घाटन गर्छौ, शिलान्यास गर्छौ, जनताको विकासप्रतिको सपना पूरा गर्छौ । हिम्मत भए आफ्नो क्षेत्रका जनताको चित्त बुझाउनुस् । अरुको खुट्टा तानेर नहिड्नुस् ।’

उनले राष्ट्रपतिलाई चुनाव लड्न दिएको चुनौतीमा युवा संघको सामान्य कार्यकर्ता हराउने चेतावनी दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावमा लड्न चुनौती दिनुभएछ । तपाईको हैसियत कति हो भन्ने राम्ररी थाहा छ’, नेता बस्नेतले भने, ‘राष्ट्रपतिले विगतमा तपाईका ठूलै नेतालाई सहजै रुपमा परास्त गरी मुलुकको नेतृत्व गर्नुभएको इतिहास साक्षी छ । तपाईलाई अब राष्ट्रपति विद्यादेवी भण्डारी हैन, युवा संघको सामान्य कार्यकर्ताले समेत निर्वाचनमा हराउँछन्’, बस्नेतले भने, ‘अबको तपाईको सपना पूरा हुने भनेको नै छायाँ मन्त्री हो । अबको १५ वर्ष छायाँ मन्त्रीको लागि सफल कार्यकालको शुभकामना ।’

कांग्रेसका युवा नेता थापाले निर्वाचनभन्दा पहिला पार्टीको महाधिवेशन गरी देउवालाई हराउनुका साथै संयुक्त सरकारमा भए पनि मन्त्री पाइन्छ कि भनेर च्याँखे थापिरहेको नेता बस्नेतको दावी छ ।