आगलागीबाट तीन घर जलेर नष्ट, पन्ध्र लाख बराबरको क्षति
२५ पुष २०७७, शनिबार १९:०९
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित लोखरम टोलमा आज भएको आगलागीमा परि गाइगोठसहित तीव वटा घर जलेर नष्ट भएका छन ।
स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले निजको गाईगोठ पुर्णरुपमा जलेको छ ।
अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाई सुतिहार र कृष्णा सुतिहारको समेत एक÷एक घर जलेरको प्रहरीले जनाएको छ ।
सो आगलागीबाट नगदजिन्सी,खाद्यन्न,लताकपडा, भडावर्तन लगायत रु १५ लाख भन्दा बढी मुल्यबराबरको क्षति भएको पीडितहरुको भनाई छ ।
आगलगीमा एक गाईगोठ, दुई घर, एक बैलगाडा, दुई साइकल, भाडाकुडा र खाद्यान्न सरसामानहरु समेत जलेको प्रहरीको भनाई छ ।
यस्तै सोही आगलागीमा परि सात वटा पशुचौपाया समेत जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
यसअघि पनि सोही टोलमा गत पुस ११ गते सोनाई सुतिहार तथा महावीर साहको घरमा आगलगी हुँदा लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया