‘धम्क्याउने हैन’ भन्दै प्रधानन्यायाधीशलाई ओलीकाे चेतावनी, बालुवाटारमा उथलपुथल ! – Nagarikabhiyan : National News

‘धम्क्याउने हैन’ भन्दै प्रधानन्यायाधीशलाई ओलीकाे चेतावनी, बालुवाटारमा उथलपुथल !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशलाई चेतावनी दिँदै धम्क्याउने कुनै पनि क्रियकलाप नगर्न चेतावनी दिएका छन् ।

नेकपा ओली पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

यसअघि हिजो चार पूर्वप्रधानन्यायाधीसले ओलीको कदम गलत भएको भन्दै वक्तव्य जारी गरेका थिए । सोही वक्तव्यमाथि बोल्दै ओलीले भने, ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन् ।’

उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

उनले अघि भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने रु सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’